नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुमा निर्मित ३३ केभीको विद्युत सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भएर पनि स्थानीयको विवादको कारण सञ्चालनमा आउन नसकेको उक्त सबस्टेसन सुरू गर्नका लागि सहमति भएको छ ।
बैतेश्वर गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्र, निर्माण कम्पनी ग्रिड सोलार एन्ड इनर्जी र स्थानीयबीच शनिबार १५ दिनभित्र उक्त सबस्टेसन सञ्चालन गर्ने सहमति भएको हो । बैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहको लागि ३३ केभीलाई विस्तार गर्न १६ वटा विद्युतीय पोल गाड्ने सहमति भएको वैतेश्वर–६ नाम्दुका वडाध्यक्ष अशोक तामाङले जानकारी दिए । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती, वडाध्यक्ष अशोक तामाङ, कमल अधिकारी, नेपाल विद्युत् प्राधिकरण दोलखाकी इन्जिनियर समृद्धि भट्टराई, लेखा अधिकृत माधव प्रसाईं, ग्रिड सोलार एन्ड इनर्जी आयोजनाका प्रतिनिधि तथा निर्माण व्यवसायी सन्तोष थापा र स्थानीयबीच संयुक्त बैठक बसी सवस्टेसनको बाँकी निर्माण कार्य १५ दिनभित्र सक्ने निर्णय गरिएको हो । दुई वर्षअघि नै निर्माण सकिएको उक्त सबस्टेसन स्थानीयले साविक ११ केभीको नाम्दु क्षेत्रपालाइनलाई स्तरोन्नति गर्न तथा ३३ केभीको नाम्दु सबस्टेसनबाटै बिजुली पठाउन आवश्यक पोल गाड्न र लाइन विस्तारमा अवरोध गरेपछि निर्माण कम्पनीले अन्तिम चरणको काम रोकेर बसेको थियो ।
स्थानीयले लाइन स्तरोन्नति लुप आउटको लागि आवश्यक पोल गाड्न नदिएको कारण दुई वर्षदेखि भएको विवाद अब समाधान भएको नेपाल विद्युत् प्राधिकरण ग्रिड सोलार एन्ड इनर्जी सबस्टेसन आयोजनाका प्रतिनिधि दिलकुमार मानन्धरले बताए । उक्त सबस्टेसन सञ्चालन नहुँदा बैतेश्वरका स्थानीयहरूले पटकपटक विद्युत् अबरुद्ध हुने समस्या झेल्दै आइरहेका छन् । सो सबस्टेसनबाट लुप आउट लाइन छुट्याएपछि जिरीको लाइनमा समस्या भए पनि वैतेश्वरलाई मात्रै छुट्टै लाइन छोड्न सकिने दोलखा वितरण केन्द्रका लेखा अधिकृत माधव प्रसाईंले बताए ।
क्याटेगोरी : समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया