Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता


काठमाडौं । नेपालको डिसी फास्ट चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच औपचारिकरूपमा सहमति भएको छ । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्न दुई संस्थाले औपचारिकरूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो साझेदारीले ईभी प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापीरूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस साझेदारीले एक वर्षभित्रमा देशभरका एक सय स्थानहरूमा फास्ट–चार्जर स्थापना गर्ने योजना राखेको छ । हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् ।

उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगञ्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवासलगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ । यसले अन्ततः इभि प्रयोगकर्ताहरूलाई निर्धक्करूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ ।

यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर एक सय वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ । शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो । यो सम्झौता नेपालको ईभी चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धि हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x