जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
वीरगञ्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको छ ।
विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार वीरगञ्जबाट रक्सौल नाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिए ।
“शनिबार जनकपुरबाट बाजागाजासहित प्रस्थान थालेका थियौँ । शनिबार बेलुका वीरगञ्जमा आएर बास बस्यौँ । आज रातिसम्म उत्तरप्रदेशस्थित अयोध्या पुग्नेछौँ । अयोध्या पुगेपछि सो मन्दिरका पदाधिकारीलाई जानकी विवाह महोत्सवको निम्तो गर्नेछौँ”, उनले भने, “सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना हुनेछ ।”
परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतिकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र रानीका लागि लत्ताकपडा, गरगहनासँगै माखन, दही, च्यूरा, फलफूलसहित मिष्ठान्न पकवान सौगात स्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिषद्का प्रमुख साहले राससलाई जानकारी दिए ।
मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मदसकिल मियाँ, श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साहलगायत छन् ।
साथै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् । विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख साहले आगामी मङ्सिर २१ गते विवाहपञ्चमीको दिनमा अयोध्याबाट जनकपुरधाममा जन्ती आउने परम्परा रहेको बताए ।
क्याटेगोरी : समाचार, मधेश प्रदेश
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया