राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१मा ७३ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा सो आम्दानी गर्न सफल भएकोे उल्लेख छ । जुन आर्थिक वर्ष २०७९/८०को तुललनामा २१ दशमलव ९६ प्रतिशत बढी हो ।
राष्ट्र बैंकले आफ्नो आम्दानीबाट सरकारलाई ३७ अर्ब २२ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले खुद मुनाफाबाट आवश्यक कोषहरूमा राख्नुपर्ने रकम छुट्याएर बाँकी रकम सरकारलाई उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।
यस्तै सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब दुई करोड ४३ लाख ७८ हजार रुपैयाँबराबर कायम भएको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चालू खाता दुई खर्ब २१ अर्ब ३४ करोडले र शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर कायम भएको छ । विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको र सङ्कुचित मुद्राप्रदाय एक दशमलव तीन प्रतिशतले घटेको छ । त्यसैगरी, कुल आन्तरिक कर्जा छ दशमलव एक प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी छ दशमलव एक प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत कुल ४६ खर्ब ७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ भने कुल आठ खर्ब आठ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ । समीक्षा वर्षमा एक अर्ब २० करोड रुपैयाँ स्थायी तरलता सुविधा उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकको कुल सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशतले वृद्धि भई ७२ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ, विकास बैंकको सात दशमलव नौ प्रतिशतले वृद्धि भई सात खर्ब १७ अर्ब रुपैयाँ र वित्त कम्पनीहरूको ११ दशमलव दुई प्रतिशतले वृद्धि भई एक खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्त वित्तीय संस्थाको कुल सम्पत्ति÷दायित्व एक दशमलव तीन प्रतिशतले घटेर पाँच खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लिखित सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित व्यवस्था, लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहनसम्बन्धी व्यवस्था, राष्ट्रियस्तरका विकास बैंकले ‘क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५’ अनुसार पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीसम्बन्धी व्यवस्था, तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी व्यवस्था र बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा÷सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्यरूपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाखबराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीको लागि निष्काशन गरिएका थिए । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा कुल छ खर्ब ९० अर्ब १५ करोडबराबरका विभिन्न दरका नोटहरू चलनचल्तीमा छन् ।
गत आर्थिक वर्षमा १० अर्ब २९ करोडबराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोडबराबरको विदेशी ऋणको लेखांकन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनअनुसार विश्व आर्थिक वृद्धिदर सन् २०२४ र सन् २०२५ मा तीन दशमलव दुई प्रतिशत रहने प्रक्षेपण छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
- घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया