बढ्यो खोल्से सुनको भाउ !
काठमाडौं । ‘अलैँची’को अर्को नाम ‘खोल्से सुन’ पनि रहेको छ । गत वर्ष हेरिकन यो वर्ष ‘अलैँची’ अर्थात् ‘खोल्से सुन’ भाऊ पनि केही बढेको छ । यस वर्ष ‘अलैँची’ वा भनौँ ‘खोल्से सुन’को भाऊ प्रतिमन (४० केजीको) ९२ हजारभन्दा पनि माथि पुगेको छ ।
पछिल्लो समाचारअनुसार (क) वर्गको ‘अलैँची’को भाऊ प्रतिमन (४० केजी) ९३–९४ हजारदेखि ९७–९९ हजारसम्म पुगेको छ भने (ख) वर्गको ‘अलैँची’को भाऊ प्रतिमन (४० केजी) ८७–८९ हजारदेखि ८९–९० हजारसम्म पुगेको छ । यसअघि ७७–७८ हजारदेखि ७२–७३ हजारसम्ममा बिक्री भइरहेको थियो । हुन पनि आर्थिक वर्ष २०७१/७२ मा अलैँचीको भाऊ प्रतिमन (४० केजी)को एक लाख पाँच हजारसम्म पुगेको थियो । यसरी हेर्दाखेरी यो वर्षको अन्तिम सिजनसम्ममा अलैँचीको भाऊ बढेर एक लाख १५–२० हजारसम्म पुग्ला कि ? भनी अनुमान गर्न सकिन्छ । निश्चय नै यसले नेपाली किसानहरूमा खुसीको बहार ल्याउने पनि छ ।
भनिन्छ, ‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मेहनत नगरी, पसिना नबगाई सजिलैसँग आम्दानी गर्न सक्छन् । हुन त विगतका दिनमा (३०–३१ वर्षअघि) ‘अलैँची’ खेती गर्ने किसानहरूले अलैँचीबाट धेरै राम्रो आम्दानी गर्ने गरेका थिए । तर बीचमा भने अलैँची खेती गर्ने किसानहरूले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा एक त ‘अलैँची’को बोट नै ओइलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही बेला भाऊ घटेर गयो । कल्पनै गर्न नसकिने गरी नेपाली अलैँचीको भाउ घटेर प्रतिमन (४० किलो) को १४–१५ हजारदेखि १७–१८ हजार रुपैयाँमै बेच्नुपरेको दुःखद् अवस्था पनि आइपरेको थियो । जे भए पनि अलैँची खेतीबाट नेपाली किसानहरूले धेरै राम्रो आम्दानी (खास गरिकन पूर्वका किसानहरूले) गरेको देखेर नेपालका प्रायः सबै पहाडी तथा हिमाली जिल्लाहरूमा अलैँची खेती) पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमसम्म पनि फैलियो, विस्तार हुँदैछ ।
हालै, आएको एक तथ्याङ्कअनुसार नेपालमा लगभग १६ हजार हेक्टर जमिनमा अलैँची खेती भइरहेको छ भने आर्थिक वर्ष २०७९/८० मा नेपालमा मात्रै आठ हजार छ सय मेट्रिक टन अलैँची उत्पादन भएको थियो (तथ्याङ्क स्रोतः अभियान दैनिक) । तर, अलैँचीको मूल्य सधैँ अस्थिर (घटबढ) हुने हुनाले नेपाली अलैँची किसानहरूले कहिले राम्रोसँग कमाउँछन्, कहिले नराम्रोसँग गुमाउँछन् पनि । ताप्लेजुङ जिल्लाको बुङ कुलुङ (सुकेटार विमानस्थलको पश्चिमतिरको गाउँ) कि किपा शेर्पा भन्छिन्, विगतमा धेरै वर्षसम्म आफूले उत्पादन गरेको अलैँची बेच्दा नाफामा भन्दा पनि घाटामा बेच्नुपरेको थियो । कसरी र किन घाटामा बेच्नुपरेको थियो त ? किपा भन्छिन्, अलैँची गोडमेल गर्ने काँटछाँट गर्ने, टिप्ने, सुकाउने सबै काम घरकाले मात्रै गर्न सकिँदैन । खेतालाहरूले महँगो ज्याला लिन्छन् । त्यो पनि उनीहरूसँग सँगसँगै खटेन भने काममा ध्यान नै दिँदैनन् ।’
हुन पनि नेपाल प्राकृतिक स्रोत–साधन र जडीबुटीमा असाध्यै धनी देशका रूपमा चिनिन्छ । जस्तैः ‘झारपात, वनस्पति, लेऊ, भ्mयाऊ, लिसो, गम, तितोपन, टर्रोपन र अमिलोपन भएका स–साना झाडी, बुट्यान, जडीबुटी, वन–जंगल, प्राकृतिकरूपमै धनी रहेको छ भने प्राकृतिक हरियालीपन, खोलानाला, हिमाल, पहाडबाट छङ्छङ् गर्दै बग्ने छहरा, छाँगा, टलक्क टल्कने हिमाल, पहाड एवंसम्म परेका खेतीयोग्य टार, भित्री मधेश, दुन, मध्यमदेखि ठूला उपत्यकाका साथै खेतीयोग्य मैदानी भूभाग, नदी किनार र चुरे क्षेत्रको फेदीमा रहेका मध्यस्तरका टारबारी अथवा भनौँ दून (मैदानी, उपत्यका) जग्गा आदिमा पनि हामी नेपालीहरू धेरै नै धनी रहेका छौँ । जसले गर्दा प्राकृतिक साधन–स्रोतलगायतका चिजबिजमा हामी नेपालीहरू विश्वकै धनी देशका रूपमा दरिएका छौँ । खासमा अलैँची केमा प्रयोग हुन्छ त ? भन्दाखेरि अलैँची विश्वभरि नै मसला एवं औषधिजन्य प्रगोगमा बढी आउने गरेको छ । अलैँची खेतीका लागि समुन्द्री सतहको हिसाबले छ÷सात सय मिटरदेखि २१–२२ सय मिटरसम्म उपयुक्त मान्ने गरिएको छ भने सात÷आठ सेन्टिग्रेटदेखि १९–२० सेन्टिगे्रट तापक्रम उपयुक्त हुन्छ । जेहोस् नेपालका पहाडी तथा हिमाली भू–भाग भएका जिल्लाहरू ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, गोरखा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, कास्की, लमजुङ, पर्वत, स्याङ्जामा, बागलुङ, सल्यान, अछाम दैलेखलगायत लगभग ४२ जिल्लामा अलैँचीको खेती भइरहेको छ । त्यसो भए पनि नेपालमा अलैँची खेती हुने प्रमुख जिल्लाचाहिँ ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा रहेका छन् । विगतका दिनमा नेपालमा प्रमुख तीन जातका अलैँची उत्पादन भइरहेको भए पनि पछिल्लो पटक अरू दुई जातको अलैँची विकास गरेर पाँच जातको अलैँची खेती गर्न नेपालका किसानहरूलाई सिफारिस गरेको छ । इलाम जिल्लाको फिक्कलमा रहेको ‘अलैँची विकास केन्द्र फिक्कल’ले ।
भूगोलविद्हरूका अनुसार नेपालले विश्वको भूगोलको शून्य दशमलव शून्य एक प्रतिशत मात्रै ओगटेको छ । त्यसो भए पनि नेपाल हरेक क्षेत्र, हरेक चिजबिज र हरेक साधन–स्रोतहरूमा विश्वका कयौँ देशहरूभन्दा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरूजस्तै वनस्पति, जडीबुटी, वन–जंगल, प्राकृतिकरूपमै रहेको हरियाली वन–जंगल जलस्रोतका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया