सुबास बस्नेत
दोलखा, असार २५
दोलखाको शैलुङ गाउँपालिकाले चालू आर्थिक वर्षमा थामी गुम्बा निर्माण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा गुम्बा निर्माणको लागि छुट्याएको १० लाख बजेटले सीमान्तकृत थामी समुदायको लागि गुम्बा निर्माण गरेको हो । गाउँपालिकामा बसोबास गर्ने थामी जातिको संरक्षण गर्ने उद्देश्यले थामी गुम्बा निर्माण गरेको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । थामी समुदायका आफ्ना नागरिक आफ्नो बर्सैनि मुख्य चाडपर्वमा दर्शन गर्न गुम्बा खोज्दै अन्य ठाउँ जाने गरेकाले पालिकामै दर्शन गर्ने व्यवस्थासहित चालू वर्षमा १० लाख रुपैयाँ बजेट छुट्याएर गुम्बा निर्माण गरिदिएको जानकारी दिए ।
करिब ३० हजार जनसंख्या रहेको शैलुङ गाउँपालिकामा आ–आफ्नै किसिमका धर्म माने समुदाय रहेका छन् । गाउँपालिकामा करिब ५ प्रतिशत अर्थात् १५ सय जना क्रिश्चियन धर्म मान्ने क्रिश्चियन धर्मावलम्बी छन् । उनीहरूको लागि पनि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेर चर्च बनाउने योजना बनाएको छ । जनभावना र आफ्नै भूमिमा बसोबास गर्ने नागरिकहरूको चाहना र अनुरूप गाउँसभाबाटै पारित गरेर चर्च बनाउन बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष दुलालले बताए ।
धर्मनिरपेक्षतालाई व्यवहारमा उतार्न तथा गुम्बा र चर्चलाई पनि पर्यटनसँग जोड्न सकिने भएकोले बजेट विनियोजन गरिएको अध्यक्ष दुलालको भनाइ छ । १२८ दशमलब ६७ वर्गकिलोमिटर क्षेत्रफल रहेका गाउँपालिकाले कालापानी–शैलुङ पर्यटकीय करिडोरअन्र्तगत वडा नम्बर ३ को जुगे गुरुङडाँडामा चर्च बनाउन प्रस्ताव गरिएको अध्यक्ष दुलालले जानकारी दिए । गाउँपालिकाले हिन्दु धर्म मान्ने समुदायका लागि टोल–टोलमा विभिन्न किसिमका मन्दिर निर्माण गरेको पनि जनाएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा छनोट गरेका करिब तीन सयवटा योजना सम्झौता करिब सम्पन्न भएको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया