भरतपुरको गीतानगरमा कृषि विकास बैंकको नयाँ शाखा
काठमाडौं । गाउँ घरमा सहज बैंकिङ सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैक लिमिटेडको नयाँ शाखा शनिबारदेखि उद्घाटन गरिएको छ ।
बैंकका सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्घाटन गरेको कार्यक्रमको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए । ‘साझा समृद्धिका लागि सबैको रोजाइ बैंक’ भन्ने दूरदृष्टिका साथ बैंकको दुई सय ७१ औँ र चितवन जिल्लाको १० औँ शाखाको रूपमा गीतानगर शाखा उद्घाटन गरेको बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराए । बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरूको उपलब्धता यस बैंकसँग रहेकाले सेवा लिनुहुन बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अनुरोध गरे । यो क्षेत्र कृषिको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले आग्रह गरे । पौडेलले भरतपुर क्षेत्रका जनताको जीवनस्तर उकास्न र आयस्तर वृद्धि गर्नजस्तो सुकै परिस्थितिमा पनि कृषि विकास बैंकले तपार्इंहरूको साथमा रही तपाईंहरूको घर आगनको बैंकको रूपमा सहकार्य गर्न तयार रहेको समेत बताए । साथै, कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुने गरी अगाडि बढ्न निर्देशन दिए ।
बैंकका करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए । उद्घाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्युआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेललगायतलाई बैंकको तर्फ फूलमालासहित सम्मान गरिएको बैंकका गीतानगर शाखा प्रबन्धक सागर प्रसाद शर्माले जानकारी दिए । सोही कार्यक्रममा प्रबन्धक सागर प्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस्तै, बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगर चितवनका निर्देशक सम्बृद्धि कार्कीले बैंकका विषयमा प्रकाश पारेका थिए । बैंकका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगर वडा नं ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं ६ का वडा वडा सदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, बागमती तथा गण्डकी प्रदेश चिफ सुशील हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ एन्ड सेल्स विभागका वरिष्ठ शाखा प्रमुखद्वय धुव्र पौडेल र खेटराज दाहाललगायतको विशेष सहभागी थियो ।
बैंकमा झण्डै तीन लाख सेयर धनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब एक सयभन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैंकले एक लाख ५२ हजार कर्जाग्राहीबाट दुई सय छ अर्ब लगानी गरेको छ भने २१ लाख निक्षेपकर्ताबाट दुई सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया