Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकागौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार

गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार


दोलखा । यहीँ मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ । सो पदमा नौ स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको हो । उपाध्यक्ष पदमा नेपाली काँग्रेसबाट पासदिकी तामाङ, एमालेबाट उमा लुंगेलीमगर शेर्पा, माओवादी केन्द्रबाट निमलेकी शेर्पा, एकीकृत समाजवादीबाट रविना खड्का, रास्वपाबाट गोमा श्रेष्ठ, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जसपाका सपना कार्कीको उम्मेदवारी परेको छ । यस्तै, अप्सरा विश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ र सार्कीमा शेर्पाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७९ को निर्वाचनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले श्यामसुन्दरकी पत्नी पासदिकीलाई उम्मेदवार बनाएको छ ।

गौरीशंकर गाउँपालिकामा गत निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको गठबन्धन भएको थियो । गठबन्धनबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । यस्तै, ५ वटा वडाका वडाध्यक्षमा माओवादी केन्द्र, ३ वडामा नेपाली कांग्रेस र एक वडामा नेकपा एमाले निर्वाचित भएका थिए । १२ वटा मतदान केन्द्र रहेको गौरीशंकर गाउँपालिकामा नौ वटा वडाहरू रहेका छन् ।


क्याटेगोरी : गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x