पूर्वाञ्चल विश्वविद्यालयमा कलेज अफ लका विद्यार्थीलाई अभिमुखीकरण
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ लले बीए एलएलबीका विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको छ । कलेजले हालै एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डीन प्राडा पवन कुमार झाले कानुनमा राम्रो भविष्य भएको भन्दै विद्यार्थीेले राम्रो अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउन आग्रह गरेका थिए । कार्यपालिका र व्यवस्थापिकाले बाटो बिराए त्यसलाई सही मार्गमा ल्याउने काम न्याय क्षेत्रले गर्ने गरेको दृष्टान्त दिँदै प्राडा झाले कानुनको क्षेत्र र भविष्यका विषयमा प्रष्ट्याउनु भएको थियो । कानुनका विद्यार्थीहरूको पहिलो रोजाइ पूर्वाञ्चल विश्वविद्यालय नै भएको बताउँदै कलेजका डाइरेक्टर महेशप्रसाद निरौलाले कलेजमा वीरगञ्जदेखिका विद्यार्थी अध्ययनका लागि आउने गरेको जानकारी दिए । कानुन व्यवसायी सोसल इन्जिनियर भएको भन्दै उनले डाइरेक्टर निरौलाले समाज परिवर्तनमा कानुनका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।
एलएलएम कार्यक्रमका संयोजक दीपक खतिवडाले बीए एलएलबीको पाठ्यक्रम, त्यसले समेटेको विषय र क्षेत्रका विषयमा विद्यार्थीहरूलाई अभिमुखीकरण गराउनुभएको थियो । बीए एलएलबी कार्यक्रमकी संयोजक नीता प्याकुरेल, उपप्राध्यापक दिपेश बाँस्तोला, प्रशासन प्रमुख राजकुमार बास्तोलासहितले विद्यार्थीहरूलाई स्वागत गर्दै विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए । डीन कार्यालयले छनौट गरी पठाएका १२ जना विद्यार्थी, पूर्ण छात्रवृत्तिका विद्यार्थी, भर्ना भएका एक सय आठ जना गरी बीए एलएलबीमा एक सय २० जना विद्यार्थी भर्ना भएको जानकारी पनि गराइएको थियो । कलेजले यो वर्षदेखि कानुनमा स्नातकोत्तर तहको एलएलएम तहको अध्यापन पनि सुरू गर्ने जनाएको छ । एलएलएम भर्नाका लागि विद्यार्थीहरूका लागि फर्म भर्ने कार्य सुरू भएको जानकारी गराइएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया