प्रभु केवलकारको आईपीओ निष्काशन कुमारी क्यापिटलले गर्ने
काठमाडौं । प्रभु केवलकार एन्ड टुरिजम लिमिटेडको साधारण सेयर निष्काशनको सम्पूर्ण कार्य कुमारी क्यापिटल लिमिटेडले गर्ने भएको छ । प्रभु केवलकार र कुमारी क्यापिटलबीच सोमबार सेयर निष्काशन गर्र्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौतासँगै प्रभु केवलकारको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने कार्य अगाडि बढेको छ । प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरू अगाडि बढेका छन् । यसमध्ये बुटवलमा भगवान् गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिकरूपमा सञ्चालनमा आइसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तरभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरूले यात्रा गरिसकेका छन् ।
प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवलस्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजिर सिंहको सालिकलगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् । त्यस्तै, कम्पनीको लगानीमा सुदूरपश्चिमस्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाई सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ । यस कम्पनीले चालु आवको पहिलो त्रैमासिकमा पाँच करोड रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया