Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकम सम्मानित

नेपाल टेलिकम सम्मानित


काठमाडौं । सबैभन्दा बढी आयकर दाखिला गरी नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएकाले आन्तरिक राजस्व विभागले टेलिकमलाई सम्मान पत्र प्रदान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा शनिबार आयोजित एक कार्यक्रमका बीच टेलिकमलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन् । टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सो सम्मान ग्रहण गरेकी थिइन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकमसहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x