अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
वासिङटन । अमेरिकामा भारतीय मूलका व्यापारी विवेक रामास्वामीले सरकारी जागिरमा ठूलो कटौती गर्ने तयारी रहेको संकेत गरेका छन् । रामास्वामीले बिहीबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा हजारौं सरकारी कर्मचारीहरूलाई सामूहिक रूपमा बर्खास्त गर्न मस्कसँग हात मिलाउने बताएका थिए । उनले यसरी नै देश बचाउने हो भनेका छन् ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै रामास्वामी र टेस्ला प्रमुख एलोन मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी’ को प्रभारी नियुक्त गरेका छन् । ट्रम्पले सरकारी नोकरशाही हटाउन र सरकारी पैसा बचत गर्न यो विभाग सुरु गरेका हुन् । रामास्वामीले धेरै नोकरशाही हुँदा कम नवीनता र अधिक खर्च भएको बताएका छन् । खाद्य र औषधि प्रशासन, परमाणु नियामक आयोग र अन्य एजेन्सीहरुमा कर्मचारी धेरै हुँदा सहस्या रहेको बताए । यस्ता एजेन्सीहरुले आफ्ना निर्णयहरुमार्फत नयाँ आविष्कारहरुलाई अनुमति दिँदैेनन् र लागत बढाउँछन् जसले देशको विकासमा बाधा पुर्याउने रामास्वामीको जिकिर छ ।
रामाास्वामीले अब अमेरिकामा नयाँ बिहानी सुरु हुने र नयाँ पुस्तालाई कडा मिहिनेतले मात्रै अमेरिका अगाडि बढ्नसक्ने सिकाउने बताए । उनले अब अमेरिकामा सबैभन्दा योग्य व्यक्तिले मात्रै काम पाउने बताए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया