Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२७ सय दुई बिन्दुमा खुम्चियो शेयर

२७ सय दुई बिन्दुमा खुम्चियो शेयर

सबै उपसमुहको सुचक ओरालो लाग्दा बजार राताम्मै


काठमाडौं । शेयर बजार परिसुचक नेप्से ५१ दशमलव ११ अंकले ओरालो लागेर २७ सय दुई दशमलव ६५ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ७४ अंकले ओरालो लागेर चार सय ७८ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको एक लाख पाँच हजार आठ सय २७ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ रुपैयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लाग्दा शेयर बजार पुरै राताम्मै भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x