Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतीय सेयरबजारमा सात दिनदेखि गिरावट

भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट


नयाँदिल्ली । भारतीय सेयरबजार सात दिनदेखि लगातार घटिरहेको छ । सोमबार पनि बजार घट्यो । बम्बे स्टक एक्सचेन्जमा परिसूचक बीएसई सेन्सेक्स दुई सय ४१ अंकले घटेर ७७ हजार तीन सय ३९ विन्दुमा झरेको छ । यस्तै निफ्टी पनि ७८ अंकले घटेर २३ हजार चार सय ५३ विन्दुमा झरेको छ ।

सेन्सेक्सका ३० स्टकमध्ये १६ वटा घटोका छन् भने १४ वटा बढेका छन् । आईटी र बैंकिङ क्षेत्रको सेयरमा गिरावट आएको छ । टीसीएसको सेयर तीन दशमलव ११ प्रतिशत घटेको छ । यस्तै अटो र एफएमसीजीको सेयरमूल्यमा वृद्धि भएको छ ।

सोमबार एसियाका अन्य मुलुकका सेयरबजारमा पनि गिरावट आएको छ । जापानको निक्की एक दशमलव शून्य नौ प्रतिशत घटेको छ । यस्तै चीनको सांघाई कम्पोजिट शून्य दशमलव २१ प्रतिशत घटेको छ । कोरिया र हङकङको सेयरबजारमा भने वृद्धि देखिएको छ । कोरियाको कोस्पी दुई दशमलव १६ प्रतिशत र हङकङको हाङसेङ शून्य दशमलव ७७ प्रतिशत बढेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x