माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
काठमाडौं । सरकारले आफ्ना माग पूरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समितिले गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी संघर्ष समितिले सरकारलाई गैरजिम्मेवार नबन्न चेतावनी दिएको हो ।
कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरूलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए । केसीले लघुवित्तपीडितहरूको प्रतिवेदन सरकारले सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै भने, ‘सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यिनै पीडितको आन्दोलन चुनौती बन्ने निश्चित छ ।’
समितिका अध्यक्ष मनिराम ज्ञवालीले राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न र कार्यान्वयनमा लैजान माग गरेका छन् । सरकारले त्यसो नगरेकाले थप मागहरूसहित समग्र वित्तीय शोषणको विरुद्धमा उत्रने र चैत ५ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् । अध्यक्ष ज्ञवालीले माग पूरा नहुन्जेल लघुवित्त, बैंक, सहकारी र मिटरब्याजी पीडितहरूलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरे । ज्ञवालीले वित्तीय शोषणविरुद्धको संघर्षमा आफूहरू संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तीय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरूलाई कुल्चने कुचेष्टा गरे गाउँ–गाउँबाट वित्तीय संस्थाहरूलाई लखेट्ने चेतावानी दिए । नेसन फस्र्टका संयोजक डा. नन्दप्रसाद काप्रीले केपी ओली सरकार जनताको पक्षमा भन्दा, दलाल, भ्रष्टहरूको पक्षमा रहेको आरोप लागउँदै भने, ‘बैंक, लघुवित्त, सहकारी र मिटरब्याजी पीडितले आवाज उठाउँदा जेल कोच्दै छ, अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।’
राष्ट्रिय स्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तीय माफियाहरूसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए । समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनताभन्दा पनि वित्तीय माफिया, भ्रष्टाचारी र तस्करहरूको संरक्षक भएको आरोप लगाए । चौलागईले त्यसका विरुद्ध जस्तोसुकै लडाइँका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया