Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर

पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर


सिन्धुली । बचतकर्ताकाले सहकारीमा जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपनि  प्रहरीले गाउँपालिकाका उपाध्यक्षलाई पक्राउ गर्न सकेको छैन । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल तीन वटा सहकारी ठगी प्रकरणमा मुछिएका थिए। उनीमाथि सुप्रिम, नाता र स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपनि उनी सार्वजनिक कार्यक्रममा सक्रिय रहेका छन् । उनीमाथि प्रहरीले कुनै पनि कारबाही अघि नबढाउनुले रहस्य सिर्जना गरेको छ ।

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित बराल जोडिएको स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।  बराल सहकारीमा जीबी राईको साझेदार रहेको खुलेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x