Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको हरित घर कर्जा

महालक्ष्मी विकास बैंकको हरित घर कर्जा


काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको व्याजदर आठ दशमलव ९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीतिबमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । जल ऊर्जा, फोहोर पानी निर्मलीकरण, वायु ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जालगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ । न्यूनतम दुुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरेर÷गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अपार्टमेन्ट खरिद गर्न, घर थप÷पुनर्निर्माण÷मर्मत सम्भार गर्न प्रदान गरिनेछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवद्र्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब आठ लाख ग्राहकहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x