Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक

शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक


काठमाडौं । शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्क सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ ।

नयाँ उपलब्ध मोडलहरू २२ दशमलव पाँच वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्याङ्क ४ आई १० हजार एमएएच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २० हजार एमएएच र २२ दशमलव पाँच वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १० हजार एमएएच रहेका छन् । यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ क्षमता, बहु–उपकरण चार्जिङ र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २२ दशमलव पाँच वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्याङ्क ४ आई १० हजार एमएएच तीन हजार चार सय ९९ रूपैयाँमा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २० हजार एमएएच चार हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी २२ दशमलव पाँच वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १० हजार एमएएच चार हजार दुई सय ९९ रूपैयाँमा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x