युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
मस्को । रुसले पहिलो पटक युक्रेनले अमेरिकाबाट प्राप्त लामोदूरीका क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रहार गरेको दाबी गरेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, रुसको रक्षा मन्त्रालयले युक्रेनले मंगलबार बिहान ब्रायनस्क क्षेत्रमा छवटा लामोदूरीको आर्मी ट्याक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) मिसाइल प्रहार गरेको जनाएको छ ।
एटीएसीएमएस एक सुपरसोनिक ब्यालिस्टिक मिसाइल प्रणाली हो । यसले तीन सय किलोमिटरसम्म सही आक्रमण गर्न सक्छ ।
वासिङ्टनले आफ्नो हतियार प्रयोग गर्नृ अनुमति दिएपछिको आक्रम हो । रुसले पाँचवटा मिसाइल खसालेको बताएको छ । रिपोर्टका अनुसार युक्रेनी र अमेरिकी अधिकारीहरूले पनि रुसमाथि एटीएसीएमएस प्रयोग भएको पुष्टि गरेका छन् । अमेरिका र युक्रेन सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसी राष्ट्रपति पुटिनले सेप्टेम्बरमा अमेरिकालाई लामोदूरीका हतियार प्रयोग गर्न अनुमति दिएमा आणविक युद्ध सुरु हुने चेतावनी दिएका थिए ।
युक्रेनले महिनौँदेखि वासिङ्टनलाई रूसी क्षेत्रमा रहेका स्थलहरूमा प्रहार गर्न लामोदूरीको एटिएसिएमएस क्षेप्यास्त्र प्रयोग गर्न दिन माग गर्दै आएको थियो । बाइडेनले आफू राष्ट्रपतिबाट बाहिरिन लाग्दै गर्दा युक्रेनलाई लामोदूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका थिए । त्यसपछि युक्रेनका विदेशमन्त्रीले सोमबार रुसभित्र आक्रमणका लागि क्षेप्यास्त्र प्रयोग गर्ने अनुमतिको लगभग तीन वर्ष पुरानो द्वन्द्वमा सम्भावित ‘गेम चेन्जर’का रूपमा हुने बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया