Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान

जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान


ब्रजिल । जी–२० नेताहरूले प्रमुख भूराजनीतिक, सामाजिक आर्थिक, जलवायु र वातावरणीय चुनौतीहरू तथा सङ्कटलाई तत्काल सम्बोधन गर्न मंगलबार जारी जी–२० रियो दी जेनेरियो घोषणापत्रमार्फत आह्वान गरेका छन् ।

नेताहरूले जी–२० को भूमिकालाई दोहा¥याउँदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतीलाई सम्बोधन गर्न उपयुक्त रहेको औँल्याउँदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले घोषणपत्रमार्फत विश्व अर्थतन्त्रको सुधारिँदो सम्भावनालाई आत्मसात गर्दै बलियो, दिगो, सन्तुलित र समावेशी विकासका साथ सहज जीवनयापन र वित्तीय दिगोपनको रक्षा गर्ने वाचासमेत गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x