एयरपोर्टस्थित हवाई इन्धनको डिपो गुहेश्वरीतर्फ स्थानान्तरण गरिँदै
काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । निगमले बुधबार पत्रकार सम्मेलन गरी २०८४ मंसिरभित्र गुहेश्वरीतर्फ नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ५० रोपनी जग्गामा सार्न लागेको हो ।
निगमले विस्तृत परियोजना अध्ययन (डीपीआर)को लागि इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकलाई दिएको छ । डीपीआर सम्झौतापत्रमा इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकको तर्फबाट सहप्रध्यापक नारायणप्रसाद गौतम र हवाई इन्धन डिपो सिनामंगलको तर्फबाट प्रमुख प्रदीप यादवले हस्ताक्षर गरेका छन् ।
डीपीआर तयार गर्नका लागि एक करोड ९८ लाख रुपैयाँबराबर लागत लाग्ने प्रमुख यादवले बताए । इन्धन डिपो स्थानान्तरणको विषय विगत केही वर्षदेखि उठ्दै आएको थियो । सरकारले पनि स्थानान्तरणको काम अगाडि बढाउने निर्णयसमेत गरेको थियो । गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिएको थियो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निगमलाई डिपो स्थानान्तरणका लागि निर्देशन दिएका थिए । त्यसपछि निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले प्रक्रिया सुरु गरेका थिए ।
विमानस्थल डिपोका प्रमुख प्रदीप यादवले एपीआईको मान्यताअनुसारको सुरक्षित नभएको, इन्धन भण्डार क्षमता कम र हवाई सुरक्षा मापदण्डभित्र रहेकाले डिपो सार्न लागिएको बताए । उनले पछिल्लो समय हवाई इन्धनको माग उच्च भएको बताउँदै अन्य समयमा चार लाख लिटर मात्रै हुनेगरेको इन्धन खपत यो वर्षको दशैँमा नौ लाख लिटर भएको उल्लेख गरे ।
डिपो निर्माण ‘अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट’ (एपीआई) मापदण्डअनुसारको हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको सिनामंगलस्थित डिपोका कारण हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर गरी डिपो स्थानन्तरण गर्न लागेको हो ।
हाल हवाई डिपोको ७६ लाख लिटरको क्षमता मात्रै रहेको र यसले १५ दिनको माग मात्र थेग्ने अवस्था छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ । ५० वर्षअघि निर्माण भएको यो डिपो जोखिमका दृष्टिकोणले अनुपयुक्तका साथै विमानस्थल विस्तारको क्रममा ‘ट्याक्सी वे’ र ‘ट्याक्सी वे स्ट्रिप’को निर्माणसमेत हुन लागेकाले सार्न लागिएको निगमले जनाएको छ ।
तत्कालीन समयमा निर्माण भएको हालको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको र यसले अहिलेको विश्वस्तरीय सुरक्षाको मापदण्ड र सुविधा दिन नसकेकाले अहिलेको मापदण्डअनुसार नयाँ स्थानमा सारेर अत्याधुनिक सुविधासहित निर्माण गर्न लागिएको हो ।
हवाई डिपो विमान दुर्घटना हुँदा पनि सुरक्षित नरहेकाले सार्न लागेको उनले बताए । आईकाओको मापदण्डअनुसार एक सय ७२ दशमलव ५ मिटर हुनुपर्ने भनेको छ । सोहीअनुसार डिपो स्थानान्तरणका लागि डीपीआर तयार गरिने र डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकका सहप्रध्यापक नारायणप्रसाद गौतमले हवाई इन्धन डिपो सिनामंगललाई स्थानन्तरण गर्नको लागि एपीआईको स्ट्याण्डरअनुसार गुणस्तरीय डीपीआर बनाउने प्रतिबद्धता जनाए । उनले नेपालमा पहिलो पटक अटोमेसनबाट डिपो सञ्चालन हुनेगरी डिजाइन बनाउने सोच रहेको र त्यहीअनुसार सम्झौता गरिएको बताए ।
डीपीआर गर्नको लागि छ महिनाको समय तोकिएको छ । निगमको सञ्चालक समितिले डीपीआर गर्न र डीपीआर गर्न लाग्ने खर्च एक करोड ९८ लाख रुपैयाँ विनियोजनसहित निर्णय गरेपछि डिपो सार्ने विषयअघि बढेको हो । डीपीआर तयार भएपछि निगमले उक्त प्रतिवेदन स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढ्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
- चीन भ्रमणका एजेन्डा कांग्रेस–एमालेको सहमतिमा तय हुने
- टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी
- नेपाल–क्यानडा सम्बन्धका साथै साझा चासोका विषयमा छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- सुनको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया