२१औँ नेपाल हस्तकला मेलाको औचित्य
काठमाडौं । हस्तकला मेलाको यो २१औँ संस्करण हो भने हस्तकला प्रतियोगिताको १९औँ संस्करण हो । मेला मंसिर २० देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ । कुनै पनि मेला वा प्रदर्शनी भन्नेबित्तिकै खरिदकर्ता र बिक्रीकर्ताका बीचमा आमनेसामने भेट हुने, क्रेतालाई सेवा पु¥याउने, क्रेताको वास्तविक माग बुझ्ने थलो एवं अवसरको रूपमा लिइन्छ । ‘२१ औँ नेपाल हस्तकला व्यापार मेला’ तथा ‘हस्तकला प्रतियोगिता’ काठमाडौंको होटेल हायत रिजेन्सीमा राष्ट्रपतिद्वारा उद्घाटन हुने कार्यक्रम सार्वजनिक भएको छ । नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बुझिन्छ ।
सरसरी हेर्दा, यस्तो मेला महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको छ । उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको मागअनुरूपका वस्तु डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको कुरा सार्वजनिक भएका छन् ।
त्यस्तै, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एकआपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्य पनि मेलाको रहेको छ । व्यापार मेला आयोजनाका लागि उद्योग वाणिज्य क्षेत्रका छाता संगठनहरू, बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनीहरू, बीमा कम्पनीहरू, ठूला औद्योगिक, व्यापारिक तथा प्रतिष्ठानहरू र अन्य व्यापारिक क्षेत्रका संघसंस्था र कम्पनीहरूको पनि सहयोग रहने बताइएको छ ।
छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेशका उद्योगी व्यापारीहरूको सहभागिता रहने सो मेलामा हस्तकलाका उत्पादनहरूका करिब एक सय ५० वटा स्टल रहने आयोजकले जनाएका छन् । त्यस्तै, व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने महासंघले जनाएको छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने बताइएको छ ।
अर्थतन्त्रमा योगदान
नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको स्पष्ट छ । हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न र गरिबी हटाउन सकिने विश्वास गर्न सकिन्छ । हालै नेपाल हस्तकला महासंघले २१ औँ व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना भएको सबैमा सर्वविदितै छ । महासंघले आफ्नो स्थापनाको ५२ औँ वार्षिकोत्सव र १३ औँ हस्तकला दिवसको अवसरमा व्यापार मेला र प्रतियोगिता आयोजना गरेको हो कि भन्ने आभाष मिल्छ ।
अनलाइन विज्ञापन विशेष जनसांख्यिकीमा पुग्न सामाजिक मिडिया प्लेटफर्महरूमा लक्षित विज्ञापनहरू प्रयोग गर्नु, जुन तपाईंका उत्पादनहरूमा रुचि हुन सक्छ । इमेल मार्केटिङ सम्भावित ग्राहकहरू वा खुद्रा विक्रेताहरूको इमेल सूची बनाउनुहोस् र तपाईंको उत्पादनहरू, विशेष प्रस्तावहरू, र तपाईंको हस्तशिल्प पछाडिका कथाहरू प्रदर्शन गर्ने न्यूजलेटरहरू पठाउनुहोस् ।
शिल्प सहकारीहरू सामेल हुनुहोस् वा अन्य कारिगरहरूसँग सहकारी गठन गर्नुहोस् । यसले मार्केटिङ र वितरणको लागि पुल स्रोतहरू मद्दत गर्न सक्छ । प्रभावकारी र ब्लगरहरूसँग संलग्न हुनुहोस् तपाईंको उत्पादनहरू प्रवद्र्धन गर्न जीवनशैली, गृह सजावट वा स्थिरतामा ध्यान केन्द्रित गर्ने प्रभावकारीहरूसँग सहकार्य गर्नुहोस् । वेबसाइट बनाउनुहोस् आफ्ना उत्पादनहरू प्रदर्शन गर्न, आफ्नो कथा सुनाउन र ग्राहकहरूलाई तपाईंबाट सिधै खरिद गर्ने सजिलो तरिका उपलब्ध गराउन व्यावसायिक वेबसाइट बनाउनुहोस् । स्थानीय पर्यटनको लाभ उठाउनुहोस् यदि सम्भव छ भने आफ्ना उत्पादनहरू स्थानीय पर्यटक बजार र पसलहरूमा बेच्नुहोस् । किनकि पर्यटकहरूले प्रायः अनौंठो हस्तशिल्पहरू स्मृति चिह्नको रूपमा खोज्छन् । निष्कर्ष, यी धेरै रणनीतिहरू संयोजन गर्नाले तपाईंको पहुँच फराकिलो बनाउन र तपाईंको हस्तकला उत्पादनहरूका लागि खरिदकर्ताहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्छ । आफ्ना दर्शकहरूसँग जोडिनका लागि बलियो ब्रान्ड कथा निर्माणमा ध्यान दिनुहोस् । आफ्नो पहुँच प्रयासहरूमा निरन्तर रहनुहोस् । हस्तशिल्प निर्माण व्यवसाय चलाउन धेरै चुनौतीहरू छन् । जसमा बजार प्रतिस्पर्धा, स्थानीय र विश्वव्यापी प्रतिस्पर्धा, ठूलो मात्रामा उत्पादित वस्तुहरू र अन्य कारिगरहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्छ ।
चुनौतीहरूः गुणस्तर र शिल्प कौशल कायम राख्दै हस्तकला व्यवसाय मापन गर्न गाह्रो हुन सक्छ । कलात्मकता कायम राख्दै उत्पादनहरूको कलात्मक अखण्डतासँग वृद्धिलाई सन्तुलनमा राख्नु अक्सर कारिगरहरूको लागि चिन्ताको विषय हो । यी चुनौतीहरूलाई सम्बोधन गर्न रणनीतिक योजना, अनुकूलन क्षमता, बजार र शिल्प आफैं दुवैको बलियो समझ आवश्यक छ ।
कम वित्तीय पहुँच
नेपाली बैंकहरूले लगानीको लागि अग्रस्थानमा नरहेको क्षेत्र, वित्तीय पहुँच पुग्न नसेकेको र करिब २५ अर्बको कारोबार भई १२ अर्ब रूपैयाँ बराबरको निकासी २०७९÷८० मा भएको देखिन्छ । आर्थिक मन्दीको मारमा हस्तकला व्यवसायी समेत परेको देखिन्छ । सहभागी कोही पुख्र्यौली व्यवसायको रूपमा सहभागी रहेको र विद्यार्थीहरूले व्यावहारिक ज्ञानको मौका पाएको देखिन्छ । नेपालमा हस्तकला व्यवसाय विस्तारित हुँदैछ । तापनि यसलाई प्रवर्द्धन गर्न छुट्टै हस्तकला नीति र ऐन त्यो पनि नियमन गर्ने होइन प्रवर्द्धन गर्ने किसिमको हुनुपर्ने जरुरी छ । बागमती प्रदेशमा मात्र केन्द्रित हस्तकलालाई अन्य प्रदेशमा समेत विस्तार गर्नुपर्ने टड्कारो आवश्यकता विगतको मेलाले सन्देश दिएको छ । साथै, पछिल्लो पुस्ता यो पेशाबाट टाढा हुँदै गई यसको निरन्तरतामा समेत प्रश्न उठेको सन्देश मेलाले दिएको थियो ।
नेपाली हस्तकलाजन्य वस्तुहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले वर्षेनि यो मेला आयोजना गर्दै आएको छ । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई बजारीकरणमा सहयोग पुर्याउने मेलाको लक्ष्य रहेको थियो ।
नेपाल सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेषरूपमा प्रदर्शनी गर्ने कार्यक्रम रहे पनि प्रस्तुतीकरण अझ बढी प्रभावकारी हुन सक्थ्यो । मेलाको प्रमुख आकर्षणको रूपमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी रहेको जसअन्तर्गत परम्परागत विधातर्फ ‘पौभा’ र समसामयिक विधातर्फ ‘छ्वाली कला’मा प्रतियोगिता सञ्चालन भएको स्तुत्य रहेको थियो ।
नेपाल हस्तकला महासंघका अनुसार हाल नेपाली हस्तकलाका वस्तुहरू वार्षिक करिब १२ अर्ब रूपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न रहेको महासंघको दाबी छ । नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिनु आवश्यक छ । देशका विभिन्न भागमा उत्पादन गरिएका घरेलु उत्पादनलाई मेलामा विशेष जोड दिएर राखिएको थियो ।
निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण सम्वर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कुरामा कुनै विमति छैन । हस्तकलाका सामान उत्पादन गर्ने सीप र यसमा प्रयोग हुने सामान समेत स्थानीयस्तरमा नै प्राप्त हुने ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता दिइएको मुलुकहरूमा हस्तकलाको सामानको निकासीले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । देशमा विभिन्न क्षेत्र जिल्ला, स्थानीय हस्तकलाका उद्यमी, व्यवसायी, कलाकार एवं कालिगढबाट उत्पादित हस्तकलाको वस्तुहरूको प्रदर्शन तथा बिक्री गर्ने अवसर सिर्जना गर्ने फोरमको व्यवस्था गर्नु तथा राष्ट्रमा नै गुणस्तरीय र विभिन्न किसिमका उपयोगीतामूलक धरासायी प्रयोगजन्य सजावटका नवोदित हस्तकलाका वस्तुहरू सहुलियत एवं प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउने लक्ष्य रहेको हुन्छ ।
साथै, विदेशी व्यावसायिक खरिदकर्ताहरू र मुलुकका हस्तकला उत्पादक, कलाकार, व्यवसायीहरूको व्यापारिक भेटघाट, व्यापारिक सम्बन्ध हुने थलो हुनु, हस्तकला उद्यमी÷उत्पादक एवं कलाकारहरूलाई विद्यमान बजारीकरणका प्रयासहरू हुने राम्रो अवसरको रूपमा हेरिन्छ । हस्तकलाका निकासीकर्ताहरूले त्यस्तो फाइदा प्राप्त गर्न बजारको प्रवृत्तिको अध्ययन गर्नुपर्छ । साथै, विशेष बिक्री अवसरको रूपमा हस्तकला मेलालाई बिक्री अवसरको रूपमा लिई सावधानीपूर्वक हेरी बजारीकरणको रणनीति तयार गर्नुपर्छ । साथै, हस्तकला उद्यमी एवं व्यवसायीहरूले बजारमा देखिएको परिवर्तनलाई ध्यानमा राखी कसरी निर्यात प्रवर्द्धन गर्न सकिन्छ भने बारेमा गहिरो सोच र समझदारी राख्नुपर्ने बेला आएको छ ।
२०२६ पछिको अवस्था सोचौँ
युरोपेली समुदायलगायत धेरैजसो मुलुकहरूमा वस्तुकलाका सामानहरूको निकासीमा सामान्य ग्राह्यता प्रणाली लागू भई भन्सार दर बिल्कुलै छुट वा ज्यादै न्यून मात्रामा मात्र भन्सार लगाइने भएबाट पनि नेपाली हस्तकला र खास गरी काष्ठकलाका सामानहरूलाई उपहार दिने वस्तुको रूपमा नेपालले विकसित गर्दै लैजानुपर्छ । यो पनि नेपाल २०२६ पछि विकासोन्मुख मुलुकमा स्तर उन्न्नति भएपछि के हुने बारे पनि गम्भीरताका साथ सोच्नुपर्ने भइसकेको छ ।
हस्तकला उद्योगमा लागेका उद्यमीहरूले यस उद्योगको विकासका लागि सरकारी पक्षबाट पनि उत्तिकै महत्व दिनुपर्छ । देशको औद्योगिक नीतिले हस्तकला उद्योगलाई साना तथा घरेलु उद्योगको श्रेणीमा राखेको छ र लगानी तथा विदेशी लगानी प्रवद्र्धन ऐनअन्तर्गत साना तथा घरेलु उद्योगमा केवल प्रविधि मात्र ल्याउन सकिन्छ यसमा पुँजी निवेश गर्न सकिँदैन ।
वैदेशिक प्राविधिक सहयोग
विगतमा नेपालमा घरेलु तथा साना उद्योगको विकासका लागि संयुक्त राष्ट्र विकास कार्यक्रम –युएनडीपी) विश्व बैंक र नेपाल सरकारको संयुक्त प्रयासमा भएको घरेलु तथा साना उद्योग परियोजनाअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपालको निकासीमा र खास गरी हस्तकलाको र ग्रामीण क्षेत्रको निकासीमा गरेको योगदान उल्लेखनीय मान्नुपर्छ । यसबाट प्राप्त प्राविधिक सहयोगले केही मात्रामा भए पनि संस्थागत सुदृढीकरणतर्फ केही योगदान पुर्याउन सकेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया