Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘वुमेन अफ दि वर्ल्ड’को सातौँ संस्करण काठमाडौंमा

‘वुमेन अफ दि वर्ल्ड’को सातौँ संस्करण काठमाडौंमा


काठमाडौं । वुमेन अफ द वर्ल्डको सातौँ संस्करण काठमाडौंमा हुने भएको छ । काठमाडौंको नक्साल नन्दीकेशर बगैँचा (नारायणचौर)मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ)को सातौँ संस्करण आयोजना हुन लागेको हो ।

महिला र बालिकाहरूले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यसका लागि ब्रिटिस काउन्सिलले काठमाडौं महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो । यसमा नेपाली र बेलायती साझेदारी छ । यस्ता कार्यक्रमहरू सामान्यतया बन्द कोठाभित्र हुने गरेका छन् । यसलाई खुला र सबैको पहुँचमा लैजान बगैँचामा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मेलन, समानता र लैङ्गिकता बारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो । १० हजार वढी व्यक्तिव्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको महोत्सव प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्नेछिन् । कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङसहित दुई सयभन्दा धेरै महिला कलाकार सहभागी हुनेछन् ।

दुई दिन चल्ने महोत्सवमा बिहान योग बक्सिङ हुनेछ । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरू, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको बिक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा अल्पसंख्यक कलाकार तथा वक्ताहरूलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x