Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधार्मिक ग्रन्थ पाँच करोडमा बिक्री गर्न खोज्ने छ जना पक्राउ

धार्मिक ग्रन्थ पाँच करोडमा बिक्री गर्न खोज्ने छ जना पक्राउ


काठमाडौं, असार २६
पाँच करोड रुपैयाँमा धार्मिक ग्रन्थका पानाहरु बिक्री गर्न खोज्ने आधा दर्जन व्यक्तिहरु पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीका अनुसार बुुधबार अपराह्न काठमाडौं जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १५ ढुंगेअड्डाबाट बुद्ध धर्मको ग्रन्थ पाना १६ (सोह्र) सहित छ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।

केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्मग्रन्थ पाँच करोड रुपैयाँमा खरिद बिक्री गर्न मोलमोलाइ गरिरहेको सूचना पाएपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले मोलमोलाइ गरिरहेकै अवस्थामा उक्त पुस्तकका पानासहित छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने ३२ वर्षीय गेहेन्द्र सिंह आत्रेय, काभ्रे पाँचखाल न.पा. वडा नं. ३ घर हुने ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने ३१ वर्षीया सुबास कुमार बस्नेत, ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने ३३ वर्षीय हरी बहादुर लामिछाने, काठमाडौंको तारकेश्वर न.पा वडा नं. ११ घर हुने ६४ वर्षीय राजेन्द्र बहादुर जोशी र नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।

प्रवक्ता केसीका अनुसार पक्राउ परेका छ जना व्यक्तिउपर थप अनुसन्धान भइरहेको छ । त्यस्तै आफूलाई प्रहरी हुँ भन्दै ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ, हाल अपराध अनुसन्धान ब्युरोमा कार्यरत रहेको भनी विभिन्न मानिसहरुलाई विश्वास दिलाई झुक्यानमा पारी प्रहरी सहायक निरीक्षक बनाइदिन्छु भनी १९ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा जिल्ला सि.पा. साबिक पाल्चोक गा.वि.स. वडा नं. २ हाल ऐ. हेलम्बु गा.पा. वडा नं. ३ घर भई हाल का.जि. का.जि. गोकर्णेश्वर न.पा. वडा नं.५ वस्ने वर्ष २२ को कृष्ण राम गिरीलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले यही असार २२ गते जोरपाटीबाट पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x