बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
काठमाडौं । सेयर धितो अर्थात् मार्जिन लोन शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब रुपैयाँभन्दा बढी कर्जा दिएका छन् । नेपाल राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार सेयर धितोमा बैंकिङ क्षेत्रले कुल एक खर्ब पाँच अर्ब ८२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ संकलन गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्षको पहिलो तीन महिनामा २४ अर्ब ८० करोड ७० लाख रुपैयाँ बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत वर्ष असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ८१ अर्ब एक करोड ८० लाख रुपैयाँ ऋण लगानी गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ८४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा २० अर्ब ८७ करोड ८० लाख रुपैयाँ बढी हो । गत वर्ष असोजसम्म वाणिज्य बैंकहरूले ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा ६३ अर्ब ३३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैकहरूले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा छ खर्ब दुई अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा १७ अर्ब ३८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब १७ करोड ५० लाख रुपैयाँ बढी हो । गत वर्ष असोज मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब ७७ अर्ब ६७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा १४ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले यस वर्ष पहिलो त्रैमासमा एक खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा चार अर्ब २३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ करोड ४० लाख रुपैयाँले बढी हो । गत वर्ष असोज मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब १४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा तीन अर्ब ४७ करोड ८० लाख रुपैयाँ लगानी गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया