बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
काठमाडौं । विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा आफ्नो एक करोडौँ एनईभी गाडी उत्पादन गरेको छ । कम्पनीको सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा सो गाडी उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको जनाइएको छ । कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भएको कम्पनी हाल विश्वभर १० लाख कर्मचारी भएको बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । उनले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार एक करोड नयाँ ऊर्जा सवारीसाधन उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ ।
कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको थियो । तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीयरूपमा प्रस्तुत गरेको छ । एक करोडौँ गाडी, डेन्जा जेठनाइन्, गेम साइन्सका संस्थापक एवम् सीईओ तथा चर्चित खेल ‘ब्ल्याक मिथः वुकोंग’का स्रष्टा फेङ जीलाई प्रदान गरिएको थियो ।
आगामी योजनामा बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा एक सय अर्ब युआनको लगानी गर्ने जनाइएको छ । यसले बीवाईडीको सम्पूर्ण सवारीसाधन शृङ्खलामा व्यापक सुधार ल्याउनेछ । यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, यसले विश्व बजारमा प्रतिस्पर्धी बढ्त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया