Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षानेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर

नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर


काठमाडौं । स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (बीसीयु)ले नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्ति दिने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी दिइएको हो ।

स्नातक, स्नातकोत्तर र मास्टर्स अफ रिसर्चजस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे कार्यक्रममा चर्चा गरिएको थियो । यसमा विद्यार्थीहरूले आफ्ना डिपेन्डेन्ट पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ । बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रृष्टि बिर्लाले युनिभर्सिटीले विश्वस्तरीय शिक्षा, नवीनतापूर्ण सिकाइ वातावरण र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन् ।

स्पाई ओभरसिजले विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएको छ । स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भने, ‘हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्वपूर्ण योगदान पुर्याउँछ ।’


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x