Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा

गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा


वासिङ्टन । अमेरिकामा भारतीय उद्योगपति गौतम अडानीसहित आठ जनामाथि अर्बौँ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा परेको छ । भारतमा सौर्य ऊर्जासम्बन्धी ठेक्का लिनका लागि अडानीले भारतीय अधिकारीहरूलाई २६ करोड ५० लाख डलर (लगभग २२ सय करोड रुपैयाँ) घुस तिरेको वा दिने योजना बनाएको अमेरिकी अटर्नीको कार्यालयले जनाएको छ ।

यो सम्पूर्ण मामला अडानी समूहको कम्पनी अडानी ग्रिन एनर्जी लिमिटेड र अर्को फर्मसँग सम्बन्धित छ । यो मुद्दा २४ अक्टोबर २०२४ मा न्यूयोर्कको संघीय अदालतमा दर्ता गरिएको थियो । बुधबारको सुनुवाईमा गौतम अडानी, उनका भतिजा सागर अडानी, विनीत एस जैन, रञ्जित गुप्ता, सिरिल काबेनिस, सौरभ अग्रवाल, दीपक मल्होत्रा र रुपेश अग्रवाललाई विपक्षी बनाइएको छ ।

समाचार माध्यमहरूका अनुसार गौतम अडानी र सागरविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । सागर अडानी ग्रिन एनर्जी लिमिटेडका अधिकृत हुन् । अडानी समूहले भने सबै आरोप निराधार भएको बताएको छ । एक विज्ञप्तिमा समूहले भनेको छ, ‘अडाणी ग्रिन एनर्जी लिमिटेडका निर्देशकहरूविरुद्ध संयुक्त राज्य अमेरिकाको न्याय विभाग र युनाइटेड स्टेट्स सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले लगाएका आरोपहरू निराधार छन् । हामी तिनीहरूलाई खण्डन गर्छौँ ।’

यो खबर बाहिरिएसँगै बिहीबार अडानी समूहका १० सेयरमध्ये नौ वटा घटेको छ भने एउटा बढेको छ । अडानी इन्टरप्राइजेज सबैभन्दा बढी २३ दशमलव ४४ प्रतिशतले घटेको छ । जबकि अडानी ग्रिन इनर्जीको सेयर १८ दशमलव ९५ प्रतिशतको गिरावटसँगै बन्द भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x