छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
राजविराज । तीन सय शै्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।
अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट रु ३१ करोड छ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो ।
तीनपटक सम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया