Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख

बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख

कर्जा खाता १९ लाख १२ हजार


काठमाडौं । नेपालमा ऋण लिएर लगानी गर्नेहरूभन्दा बैंकमा निक्षेप राखेर व्याज खानेहरू बढ्दै गएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या कर्जाको तुलनामा करिब ३० गुणा बढी बढी छ ।

सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा असोज मसान्तसम्म पाँच करोड ६९ लाख ७५ हजार तीन सय ५८ वटा निक्षेप खाता र १९ लाख १२ हजार दुई सय ३४ वटा कर्जा खाता खोलिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता ४२ लाख ६१ हजार एक सय ६९ र कर्जा खाता ५७ हजार सात सय ६८ वटाले बढी हो । गत वर्ष असोजसम्म पाँच करोड २७ लाख १४ हजार एक सय ८९ वटा निक्षेप खाता र १८ लाख ५४ हजार चार सय ६६ वटा कर्जा खाता सञ्चालनमा थिए ।

गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या क्रमशः चार करोड ८८ लाख ३६ हजार चार सय ३२ र १५ लाख ८७ हजार तीन सय ९१ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः ३५ लाख ९२ हजार नौ सय पाँच र ६३ हजार तीन सय ३१ वटाले बढी हो । गत वर्ष असोज मसान्तमा वाणिज्य बैंकहरूमा चार करोड ५२ लाख ४३ हजार पाँच सय २७ वटा निक्षेप खाता र १५ लाख २४ हजार ६० वटा कर्जा खाता सञ्चालनमा थिए ।

विकास बैंकहरूमा गत असोज मसान्तसम्म ७२ लाख २४ हजार आठ सय ९१ वटा निक्षेप खाता र दुई लाख ८१ हजार एक सय ९६ वटा कर्जा खाता सञ्चालनमा छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता पाँच लाख ६६ हजार नौ सय ४६ वटा बढी हो भने कर्जा खाता सात हजार एक सय ४५ वटाले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूमा कुल ६६ लाख ५७ हजार नौ सय ४५ वटा निक्षेप खाता र दुई लाख ८८ हजार तीन सय ४१ वटा कर्जा खाता सञ्चालनमा थिए ।

फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या गत आसोजमा क्रमशः नौ लाख १४ हजार ३५ र ४३ हजार छ सय ४७ वटा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः एक लाख एक हजार तीन सय १८ र एक हजार पाँच सय ८२ वटा बढी हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्स कम्पनीहरूमा आठ लाख १२ हजार सात सय १७ वटा निक्षेप खाता सञ्चालनमा रहेको थियो भने कर्जा खाता ४२ हजार ६५ वटा थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hornetb
hornetb
3 hours ago

2% ma bank ma rakhna kaslai rahar hola? lagani ko surakxit batabaran xaina. sarkar le patakkai kam garena.

1
0
Would love your thoughts, please comment.x
()
x