Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवा र युवती एकैठाउँमा मृत फेला

युवा र युवती एकैठाउँमा मृत फेला


काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आइतबार उनीहरू एकै ठाउँमा मृत भेटिएको जानकारी दिए ।
उनका अनुसार उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८ः४५ बजेको समयमा उक्त होटलको चौथो तलाको कोठा नम्बर १२० भाडामा लिइ बसेको होटलको दर्ता किताबमा दर्ता गरेको पाइएको छ ।
प्रहरीले अहिले उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट समेत टोली खटाएर थप अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x