काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । सुन २० प्रतिशतबाट १० र चाँदी १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ । भारतमा सुनको भन्सार दर कम रहेको कारण नेपालमा तस्करी बढेको आंशकापछि सरकारले भन्सार दर घटाएको हो । भन्सार विभागले मन्त्रिपरिषद्को निर्णय आइपुगेकाले कार्यान्वयनमा लगिएको जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएका थिए । त्यसपछि नेपालमा सुन महँगो र भारतमा सस्तो हुनगएको थियो । यसले नेपाली बजारमा भारतबाट तस्करीको सुन आएको आशंका गरिएको छ । यही कारण औपचारिक माध्यमबाट आउने सुनको परिमाण पनि घटेको देखिन्छ ।
नेपालमा सरकारले बजेटमार्फत भन्सार महसुल घटाउँदा भारतमा भने पूर्ण बजेटमार्फत भन्सार दर घटाइएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको हो ।
सुनको भन्सार दर घटाएपछि मूल्यमा प्रतितोला १० हजार रुपैयाँसम्म सस्तो हुने र चाँदीको भाउ पनि घट्ने व्यवसायीहरूले बताएका छन् । साथै तस्करीको सुन आउन रोकिने र वैधानिक माध्यमबाट सुन आयात बढेर जाने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया