Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान


काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । कम्पनीले काठमाडौंस्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल छ सय १० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वित्तीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप मधेश प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका अभिकर्ताहरू सम्मनित भइसकेको र सोही क्रममा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताउँदै अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए ।

उनले कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा अभिकर्ताहरूले सबैभन्दा बढी रुचाएका चेयरपर्सन क्लब सदस्यता वितरण कार्यक्रमकै झल्को दिने गरी स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी चेयरपर्सन क्लबमा पु¥याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट दुई हजार जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको बताए । समारोहमा सीईओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित हुन सफल बिजनेस लिडरहरूले सीईओ क्लबमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x