बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
बैंक खाता र सेयर कारोबार रोक्का गर्न पत्राचार
काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुबाट बक्यौता रहेको महसुल असुली गर्न बैंक खाता र सेयर कारोबार रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि प्राधिकरणले बैैंक खात राक्का गर्नेदखि सेयर निष्काशनमा रोक लगाउन नियामक निकायहरुलाई पत्र लखेको हो ।
आयोगले मंगलबार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाटन प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिले बक्यौता उठाउनका लागि लाइन नकाटी विकल्प खोज्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का गरिदिन आग्रह गर्दै पत्र लेखेका हुन् ।
‘बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधि दिइएकामा भुक्तानी नगरेकोले नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ क र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४० (२) एवं विभिन्न अदालतको फैसलाबमोजिम बक्यौता रकम असुलीको निम्ति सम्बन्धित निकाय (कम्पनी) हरुको उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीहरुले खातामा रकम जम्मा गर्न पाउने खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत् महसुलबापतको सार्वजनिक राजस्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकलाई लेखिएको पत्रमा उल्लेख छ ।
प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको हक हस्तान्तरण रोक्का गर्न कम्पनी राजिष्ट्रारको कार्यालयलाई पत्र लेखेको छ । यस्तै नेपाल धितोपत्र बोर्डलाई पनि बक्यौता नतिर्ने कम्पनीलाई आईपीओ निष्काशन अनुमति नदिन पत्र पठाएको छ । प्राधिकरणलाई बक्यौता नतिर्ने जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्सले आइपीओ निष्काशनका लागि निवेदन दिएका छन् । जुन अहिले पनि विचाराधीन छ ।
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार
ताजा अपडेट
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया