Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलेबनानमा युद्धविराम घोषणा

लेबनानमा युद्धविराम घोषणा


इजरायल र लेबनानबीच बुधबारदेखि युद्धविराम सुरु भएको छ । युद्धविराम सुरु भएको केही घण्टापछि उत्तरी लेबनानका बासिन्दाहरु घर फर्कन थालेका छन् । सेप्टेम्बर २३मा इजरायलले घातक मिसाइल आक्रमण गरेपछि हजारौँ परिवारले आफ्नो घरबार छाडेर दक्षिणी लेबनानमा पुगेका थिए ।

इजरायलको युद्ध मन्त्रिपरिषद्ले मंगलबार राति लेबनानमा इजरायल र हिजबुल्लाहबीच ६० दिने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धविरामलाई राम्रो कदम भनेका छन् । उनले नेतान्याहु र लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग युद्धविरामका लागि कुरा गरेको बताएका छन् ।

बाइडेनले युद्धविरामको अर्थ युद्धलाई सदाका लागि अन्त्य गर्ने बताए । उनले इजरायली सेनाले कब्जा गरेको क्षेत्र लेबनानी सेनालाई हस्तान्तरण गर्ने र त्यहाँबाट हिजबुल्लाहले नियन्त्रणमा नआखोस् भनेर त्यहाँबाट फिर्ता हुने बताए । यो प्रक्रिया ६० दिनभित्र हुनुपर्नेछ ।
युद्धविराम भएपछि बुधबार बिहान सयौँ मानिसहरु साइडोन, गाजियह र टायर सहरतर्फ साइकल र सवारीसाधनमार्फत फर्किएको देखिएको छ । मानिसहरु हिजबुल्लाहको झण्डा र मारिएका नेता नसरल्लाहको फोटो बोकेर फर्किएका देखिन्छन् ।लेबनानी सेनाले भने इजरायली सेना फिर्ता नभएसम्म घर नफर्कन मानिसहरुलाई सूचना जारी गरेको छ । तर पनि मानिसहरु आफ्नो घर फर्किएका छन् ।

राष्ट्रसंघद्वारा स्वागत
लेबनान र इजरायलबीचको युद्धविरामलाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । लेबनानका लागि राष्ट्र संघीय विशेष संयोजक (यूएनएससीओएल) जेनिन हेनिस–प्लास्चर्टले विज्ञप्ति जारी गर्दै ‘यो सम्झौताले दुवै पक्षका नागरिकहरूको सुरक्षा पुनस्र्थापना गर्ने प्रस्ताव पूर्ण कार्यान्वयन हुनु महत्वपूर्ण प्रक्रियाको सुरुवात भएकोे बताएका छन् । उनले सम्झौता कार्यन्वयन सुनिश्चित गर्न पर्याप्त काम अगाडि बढेको बताउँदै दुवै पक्षको पूर्ण र अटुट प्रतिबद्धता रहेको बताए ।

सम्झौताले विनाशकारी अध्यायको अन्त्य गर्ने अवसर प्राप्त भएकोमा विशेष संयोजकले दलहरूको प्रशंसा गरे । हाल प्राप्त उपलब्धिलाई सुदृढ पार्न ठोस कार्यहरूमार्फत काम गर्ने समय भएको उनले प्रस्ट पारेका छन् ।
युद्धविरामको घोषणा भएपछि अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्तीमा लेबनानी सेनाको क्षमता निर्माण गर्न अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने र लेबनानी अर्थतन्त्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x