राजनीतिकोे उतारचढावमा सेयरबजार
काठमाडौं । हालैका दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रूपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय चर्चामा छ । अक्सर एकचोटि हारेपछि पुनः नदोहोर्याउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई बे्रक्र गर्दै डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि विजयी हुँदै गर्दा अमेरिकी सेयरबजारमा उछाल आयो । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको पुनरोदयसँगै अमेरिकाको मात्र होइन, युरोप र एसियाका पनि कतिपय देशको सेयरबजारमा समेत सकारात्मक प्रभाव परेका समाचारहरू अन्तर्राष्ट्रिय समाचार माध्यमहरूमा छाए । त्यति मात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर र विट क्वाइनले नयाँ रेकर्ड कायम गरेको छ ।
विश्वमा प्रजातान्त्रिक पुँजीवादको उच्चतम अभ्यास गरिरहेको अमेरिकामा अर्बपति व्यक्तित्व ट्रम्पको पुनरोदयले संसारभर कस्तो प्रभाव रहला भनेर अहिले सर्वव्यापी बहस भइरहेका छ । अमेरिकामा ट्रम्पको उदयले नेपाललाई कस्तो प्रभाव पार्ला भनेर नेपालमा पनि सानोतिनो बहस भइरहेको छ । वास्तवमा अमेरिकी पुँजीवाद र खुला समाज बुझ्न ट्रम्पको व्यक्तित्व, चरित्र र स्वभाव बुझे पुग्छ । व्यक्तित्व नै पुँजीवादी दर्सिने नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई सेयरबजारले भव्य स्वागत गरेको देखिन्छ । राजनीति र सेयरबजारको सम्बन्ध दर्साउन हालैको अमेरिकी चुनाव र त्यसको परिणाम एउटा दरिलो उदाहरण हुन सक्छ ।
राजनीतिले जहिल्यै सेयरबजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य सेयरबजारमा व्यावसायिक हिसाबले लाग्नेहरूलाई मात्र होइन, अब त नेपालमै पनि सामान्य लगानीकर्ताहरूलाई समेत थाहा भइसकेको छ । तर राजनीतिक उतारचढावले सेयरबजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो । खासगरी राजनीतिक दलहरू विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन् । जस्तोकि कोही कम्युनिस्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरू अलिअलि उदार र अलिअलि नियन्त्रित विचारधाराको पक्षपोषक हुन्छन् । त्यसकारण विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरूले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सत्ता फेरबदल तथा फेरबदल हुने खालका सङ्केत तथा गतिविधि, त्यस खालका समाचारहरूले सेयरबजारमा प्रभाव पार्छ, जसले बजारलाई बढाउने तथा घटाउने गर्छ ।
अलगअलग विचारधारा बोकेका राजनीतिक दलहरू सरकारमा हाबी हुँदा उनीहरूले ल्याउने नियमन र कानुनहरूले कम्पनीहरूमा प्रभाव पार्छ । फलतः सेयरबजारमा असर गर्छ । खासगरी राजनीतिका कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरू सेयरबजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । यसले अप्रत्यक्षरूपमा बजारमा प्रभाव राख्छ । जस्तो कि अघिल्लो महिना खुलेको सेयरबजारले क्रमशः हरियो यात्रा तय गर्दै थियो । लगत्तै राजनीतिमा पछिल्ला वर्षहरूमा एकाएक उदाएका रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने सहकारी ठगी आरोपको अनुसन्धानको लागि प्रहरीद्वारा समातिएपछि रास्वपाका नेता कार्यक्रर्ता, समर्थकहरूले त्यसको विरोधमा सडकमा नाराबाजी गरे । फलस्वरूप दुई दिनमै सेयरबजार ६० अङ्क हाराहारी घट्यो । यसरी दसैँ बिदापछि खुलेको सेयरबजार घट्नुपर्ने अन्य कारण नभएको विश्लेषकहरू बताउँछन् ।
राजनीतिमा आउने सामान्य तरङ्गले पनि बजार घट्ने–बढ्ने गरेको देखिन्छ । सेयरबजारका लागि लचिलो मानिएका र सेयरबजारमैत्री भनेर चिनिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता विष्णु पौडेललाई बजारले जहिल्यै स्वागत गरिरहेको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेको संयुक्त सरकारले आफ्नो सय दिने कार्य प्रगति सार्वजनिक गरिसकेको छ । उसले आफ्नो प्रगति विवरणमा लामो समय गिरेको सेयरबजार लयमा फर्किएको बताएको छ ।
हुन पनि वर्तमान सरकार गठन भएसँगै दुई हजार अङ्कको सेरोफेरोमा रुमलिएको नेप्से परिसूचकले उचाइ भरेर साउन अन्तिम साता तीन हजार अङ्कसम्म छोएको थियो । पौडेल अर्थमन्त्री भएपछि आएको मौद्रिक नीतिको लचकताले डेढ महिनामै बजारले करिब एक हजार अङ्कको फड्को मारेको थियो । बीचमा बाढी, पहिरोलगायतको प्राकृतिक विपत्तिले निर्माणाधीन केही जलविद्युत् आयोजना तथा भौतिक पूर्वाधारमा भएको नोक्सानीले बजार केही घटेर दुई हजार सात सय अङ्कभन्दा थोरै माथि आएर बसेको अवस्था छ । त्यसरी नयाँ सरकार बनेको थोरै अवधिमा बजारले ठूलो वृद्धि हासिल गर्नु अरू कारणभन्दा पनि राजनीतिक कारण नै हो भन्न सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिने
- बागलुङ र पर्वतमा पाँच पुल बन्दै
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया