Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने

माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने


काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।

माउन्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउन्टेन इनर्जीका सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । विद्युत् विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो । माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र पाँच मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।

कम्पनीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब कम्पनीले हकप्रद सेयर निष्काशन गर्न सक्ने देखिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रूपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ एक अर्ब ३३ करोड रहेको छ । यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५३ दशमलव ९६ रूपैयाँ हुन आउँछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ दशमलव ७७ रूपैयाँ रहेको छ ।

मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७९/८० मा कम्पनीले १५ प्रतिशत बोनस सेयर र शूनय द.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x