अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
काठमाडौं । विशेष अदालतले अन्तःशुल्क छपाइमा अनियमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई आठ–आठ वर्ष कैद सजाय सुनाएको छ । अदालतले बिहीबार पौडेल र श्रेष्ठलाई आठ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार आठ सय रुपैयाँ जरिबाना तथा सोही रकमबराबरको बिगो रकम भराउन फैसला गरेको हो ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते फैसला सुनाएकोमा मंसिर १३ गते बिहीबार सजाय निर्धारण गरेको हो । पौडेल र श्रेष्ठमाथि अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरकोे अभियोग थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले असार ९ गते गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेल र श्रेष्ठसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले अर्यालसहित १० जनालाई सफाइ दिएको थियो । विशेष अदालतले कात्तिक १४ गते अर्याललाई सफाइ दिँदा पौडेल र श्रेष्ठलाई भ्रष्टाचारमा दोषी ठहर गरेको थियो ।
अख्तियारले पौडेल र श्रेष्ठसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख छ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतले अर्यालसहित भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आन्तरिक राजस्व विभागका निर्देशक गणेशविक्रम शाही, रवीन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ पौडेल, खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्टसेल प्रालि कम्पनी र त्यसका निर्देशक केशव शर्मालाई पनि सफाइ दिएको थियो ।
अख्तियारले जेठ १० गते पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार छ सय ८४ रुपैयाँ २९ पैसा गैरकानुनीरूपमा सम्पत्ति अर्जान गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो समयमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम दुई वर्षसम्म कदै र बिगोबमोजिम जरिबाना र गैरकानुनी सम्पत्ति समेत जफतसहित विशेषमा अरोपपत्र दायर गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- रामेछापमा बस दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया