Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह

व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह


विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरूले सहजरूपमा व्यवसाय गर्ने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारीसहित प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडालाई भेटी उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्या सम्बोधन गरिदिन आग्रह गरेका हुन् । संगठनका अध्यक्ष राकेश सुरानाले बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको हुुँदा यो क्रम अझ लम्बिए यसले उद्योग व्यवसायमा दूरगामी प्रभाव पर्ने हुुँदा समाधानका लागि अर्थ मन्त्रालयबाट अग्रसरता लिनका लागि अर्थमन्त्रीसँग अनुरोध गरेको जानकारी दिए । साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई नेपाली वस्तुले ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाण पत्र लिएर मात्र भारत निर्यात गर्न पाउने भारतीय नीतिले नेपालका प्लाइउड, जुत्ता, स्यानेटरी प्याड, सिमेन्ट उद्योगहरूलाई समस्यामा पारेको जानकारी गराएको उनले बताए ।

हाल भारतले लागू गरेको सो नीतिका कारण नेपाली उद्योगका लागि अवसर भए पनि तत्कालका लागि भारत निर्यातमा परेको प्रभावलाई मध्यनजर गरी नेपाली वस्तुलाई ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाण पत्र लिने प्रक्रियामा कूटनीतिक माध्यमबाट सहजीकरण गरी पहल गर्न अनुरोध गरेको उनले जानकारी दिए । विराटनगरको आईसीपीसम्म आएको कार्गो रेल हालसम्म पनि शुल्कका कारण सञ्चालनमा आउन नसकेको तर्क पनि उद्योग संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । कार्गो रेल सञ्चालनका लागि शुल्क परिमार्जन गर्न सम्बन्धित निकायमा मन्त्रालयबाट सहजीकरण गरिदिन पनि संगठनले उद्योगमन्त्रीलाई आग्रह गरेको जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग आर्थिक एवं औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्र दुवैले हातेमालो गरी अघि बढ्नुपर्ने विषयमा छलफल गरेको अध्यक्ष सुरानाले जानकारी दिए । साथै, संगठनको आयोजनामा विराटनगरमा आगामी माघ ११ देखि २० गतेसम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा पनि छलफल भएको थियो । दुवै कार्यक्रमलाई उपलब्धिमूलक बनाउन नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग मन्त्रालयको सहयोग एवं सहजीकरणका लागि अनुरोध गरेको अध्यक्ष सुनाराले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x