‘रोयल्टी बाँडफाँटका सूचकलाई परिवर्तन गर्नुपर्छ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा बाँडफाँट हुनुपर्ने बताएका छन् ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको रोयल्टी बाँडफाँट पुनरावलोकनसम्बन्धी कार्यक्रममा मुख्यमन्त्री कँडेलले रोयल्टी बाँडफाँटका अहिलेका सूचकहरूमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । संघीयतापछिको प्रारम्भमा रोयल्टीसम्बन्धी सूचकहरू बनाइए पनि अभ्यासको आधारमा अब पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । ‘नयाँ संरचना प्रदेश हो, प्रदेशलाई केन्द्र भागमा राखेर अघि बढ्दा संघीयता बलियो हुन्छ’, मुख्यमन्त्री कँडेलले भने, ‘त्यसका लागि वित्तीय र प्रशासनिक संघीयता बलियो हु्नुपर्छ ।’ हाल देखिएको रोयल्टी बाँडफाँटमा असन्तुलन भएको गुनासा सबैतिरबाट आइरहेकाले यसलाई पर्याप्त अध्ययन गरेर आयोगले नै सन्तुलित बनाउनुपर्ने उनले बताए । ‘रोयल्टी वितरण गर्न लागेको पाँच वर्षभन्दा बढी भयो, अहिलेका सबै विवरण र गुनासाहरूबारे आयोग जानकार छ, यसलाई सन्तुलित बनाउनेतर्फ तपाईंहरूले नै बढी मेहनत गर्नुपर्छ ।’
प्राकृतिक स्रोत साधनको रोयल्टी प्राप्त गर्ने सम्बन्धमा यसको दायरालाई फराकिलो बनाउँदै र पानी, संस्कृति, सभ्यता लगायतका प्राकृतिक सम्पदाको रोयल्टीलाई बाँडफाँटको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । आर्थिक हिसाबले प्रदेश जति कमजोर छन्, प्राकृतिक स्रोतको रोयल्टी पनि उति कम पुगेको बताउँदै उनले अहिलेको वितरणको व्यवस्थाले सिँगो कर्णालीले पाउने रोयल्टी एउटा गाउँपालिकाको जति पनि नरहेको बताए ।
सबैभन्दा धेरै विद्युत् उत्पादन गर्ने क्षमता भएर पनि उत्पादनको अभावमा कर्णाली प्रदेश त्यस्तो रोयल्टीबाट बञ्चित भएको उनले बताए । रोयल्टी प्राप्त हुने क्षेत्रमा लगानीको वातावरण बनाउन पनि उनले संघीय सरकारसँग आग्रह गरे । मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँटको प्रतिशतलाई ४०/३०/३० अनुपातमा बनाउनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया