Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन

नेपाल डिस्टिलरीजद्वारा कास्क सिरिज रमको सीमित उत्पादन


काठमाडौ । खुकुरी रमको निर्माता कम्पनी नेपाल डिस्टिलरिजले लिमिटेड कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । यो विशेष रम केवल पाँच हजार दुई ओटा विशिष्ट संख्या अंकित बोतलहरू मात्र उत्पादन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सीमित उत्पादन हुने रममध्ये १६ सय बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ । यो प्रिमियम रम नेपाली बजारमा दश हजार रुपैयाँमा निश्चित ग्राहकहरूलाई मात्र निजी च्यानलमार्फत् बिक्री गरिने जनाइएको छ । कम्पनीले सीमित खुकुरी कास्क शृङ्खलामा अतुलनीय विशेषज्ञता थप्नेछ । केही पुराना ब्याचहरूसहित दुर्लभ रमको भण्डारहरूबाट सावधानीपूर्वक चयन गरेर कम्पनीले विलासी, स्मोक्ड फिनिस रम सिर्जना गरेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x