गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाद्वारा निःशुल्क खाद्यान्न वितरण
न्युयोर्क : गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाले न्युयोर्क उडसाईडस्थित आफ्नै कार्यालय परीसरमा निःशुल्क खाद्यान्न वितरण गरेको छ। अमेरिकाको न्यूयोर्कमा रहेको प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीसँगको सहकार्यमा अमेरिकाको ठुलो चाडंपर्व मध्दे एक, थ्यांग्स गिभीगं डे (धन्यवाद दिवस)को अवसरमा १५० जनालाई निः शुल्क खाना, फ्रोजन चिकेन, फलफूलसहित तरकारी बाँडेको हो।
फाउन्डेसनले अमेरिकाभर सामाजिक कामहरु गर्दै आइरहेको छ। ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले निःशुल्क खाद्यान्न वितरण गरेका हौं’ गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले भने, ‘फाउन्डेशन मार्फत सामाजिक कामहरूमा हामीले तीव्रता दिँदै आइरहेका छौं।’
सो वितरण कार्यक्रममा फाउन्डेशन अमेरीका च्याप्टरका उपाध्यक्ष सुवर्ण लामाको सकृयतामा स्वयंसेवकहरुको परिचालन गर्दै यसै फाउन्डेशनका कृयाशील सदस्यहरु क्रमश: जिवन कुमार श्रेष्ठ, अमिता श्रेष्ठ, निर्मला बराल, पासांग शेर्पा गोपर्मा, लाक्पा शेर्पा, सन्तोश बल्नेत, ध्रुव ज्योति श्रेष्ठ, दिपक रायमाझी, आदित शिबाकोटी लगायतका समाजसेवी महानुभावहरूले यथासक्य स्वयंसेवकको भुमीका निर्वाह गर्नुभएको थियो।
यस फाउण्डेशनको सामाजिक कार्यहरूको मूल्याङ्कन
गर्दै अमेरिकी सिनेटका बहुमत नेता चक शुमर, संघीय कांग्रेस सदस्य ग्रेस मेंग, न्युयोर्क शहरका मेयर ऐरिक अडम्स, पुर्व मेयर बिल दे ब्लाजियो, न्युयोर्क शहरका कम्पट्रोलर ब्राड ल्यान्डर, सिटी काउन्सिलकी सभामुख एन्ड्रिएन एडम्स, न्युयोर्क शहरका सार्वजनिक अधिवक्ता जुमाने विलियम्स, क्वीन्स जिल्ला महाअधिवक्ता मेलिन्डा काट्ज, ब्रुक्लीनबोरो प्रेसिडेन्ट अलफ्न्सो रेनोसो, क्वीन्सबोरो प्रेसिडेन्ट डोनोभन रिचार्ड्स, न्युयोर्क राज्यका सेनेटरहरु जोल लु, लेरोय कामरी र माईकल जियानारिस, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु सहाराना श्रेष्ठ, जेनिफर राजकुमार, स्टीभन रागा, अलिसिया हाईन्डमेन, डेभिड वेपरिन, खलील ऐन्डरसन र क्याटालिना क्रुज र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरु जुली वन, शेखर कृष्णन, लिन्डा ली, र सान्ड्रा उङ लगायतका निर्वाचित पदाधिकारीहरुले यसै फाउण्डेशनलाई उद्धरण र उद्घोषणाको साथ सम्मान पत्रले पुरस्कृत गर्नु भएको छ।
यस फाउण्डेशन ले विभिन्न समुदायका लगभग तिस हजार जना भन्दा बढी मा सेवा पुराएको अनुमान छ।”सेवा नै धर्म” हो भन्ने नारा का साथ फाउण्डेशन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ।हामी सबैको दुख-सुखको साथी बन्दै अगाडी बढने प्रण गर्दछौ। आउॅंनुहोस, हातेमालो गर्दै सहकार्य गरौ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले प्रसाउद कम्युनिटी ऐफियर्स पेन्ट्रीकी कार्यकारी निर्देशक जेनी पर्साउद, जसले आजको खाद्यान्न उपलब्ध गराई फाउण्डेशन सॅंग सहकार्य गरेकोमा उॅंहा लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया