यो वर्षको मनसुनको एक महिनामा नै देशमा ठूलो जनधनको क्षति भयो । विवरणअनुसार करिब एक महिनाको समयमा देशभरिमा बाढी र पहिरोबाट डेढ सयको ज्यान गएको विवरण आइरहेको छ । सरकारी विवरणअनुसार पनि विभिन्न २०/३० जिल्ला धेरै प्रभावित भए । यो क्रम रोकिएको छैन । यो पटकको यो क्षति सामन्यरूपमा अनुमान नै नगरिएका ठाउँमा भयो । पहिरो त कस्तो भने यस्तो ठाउँमा पनि यस्तो पहिरो जान्छ र भन्ने प्रश्न छोड्ने खालका देखिए ।
पहिरो र बाढीले पुरिएर र बगाएर बेपत्ता भएकाहरूको मृतशरीर पाउन पनि गाह्रो पर्ने अवस्था देखियो । यसको सबैभन्दा दुःखद पक्ष के हो भने परिवारका परिवार नै यो प्रकोपमा परे । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएअनुसार पछिल्ला दिनमा मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, सङ्खुवासभा, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपत्बाट मानवीय क्षति व्यहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला छन् । यसको अर्थ हो यो विपत् सबैतिर समानरूपले फैलिन गयो ।
त्यो विवरण नै भन्छ– यो बेलासम्म सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर तीन दर्जनजतिको ज्यान गएको अवस्था छ । त्यस्तै सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा एकै ठाउँमा २० जना हराए । एक हप्तादेखि तिनको सास वा लास पनि भेटिएको छैन । यो पहाडी जिल्लाको कुरा भयो । पहाडी जिल्ला त कस्तो भने पहिरो नगएको जिल्ला नहोला । यद्यपि क्षति कमबेसी भने होला । तराईका विभिन्न जिल्ला यो वर्ष पनि डुबानमा परे । तिनको डुबान कटानको समस्या नयाँ होइन । विगतमा जहाँ–जहाँ जस्तो डुबान भयो यो पटक पनि तराइमा त्यस्तै अवस्था आयो । यसले के बताउँछ भने प्रत्येक वर्ष प्राकृतिक प्रकोपको वर्षका रूपमा मनाउने काम मात्र भयो अर्थात् प्रत्येक वर्ष क्षति हुने त्यसले रुवावासी ल्याउने तर रोकथामका लागि तयारी भने नहुने क्रम यो पटक पनि दोहोरियो । प्रकोपका बारेमा सबैभन्दा दुःखद पक्ष पनि यही हो । यतिबेला कोशी कटान भइरहेको छ । यो प्रत्येक वर्षको निरन्तर भइरहने काम हो । त्यसलाई रोक्न सकिने अवस्था थियो यदि समयमै ध्यान दिइएको भए तर क्षतिले नै बताउँछ त्यस्तो भएन ।
यो वर्ष विगतभन्दा भिन्न अवस्था छ । कोरोना महामारीका बीचमा र त्यो एउटा महामारीसँग पनि सरकार उचितरूपको उद्धार गर्न नसकेको अवस्थाका बीचमा यस्तो प्रकोप थपियो । समाचार विवरणमा आएअनुसार यो प्रकोपबाट पीडितहरूलाई सहीरूपको उद्धार गर्न सकिएका अवस्था देखिएन । कतिपय ठाउँमा आफ्ना लागि सरकार नभएको भन्ने पीडितहरूको पीडा रोइकराइ गरी सुनाइरहेका छन् । यता सरकारी कोषमा रकम जस्ताको त्यस्तै हुने खर्च भएका हिसाबहरू पारदर्शी नहुनु र उता पीडितले राहत नपाउनु यो प्रकोपको पनि प्रमुख विषय बन्न गएको देखियो । यो क्रन्दन कोरोनामा पनि थियो । कारेन्टाइनबाट मान्छे भागेका र उपचार क्रममा नै आत्महत्या गरको घटना जसरी आइरहेका छन्, त्यो आफैँ अव्यस्थाको एउटा नमूना हो भने त्यही अवस्था यो प्रकोपमा दोहोरियो भने स्थिति डरलाग्दो हुन जान्छ । सरकारले समयमा नै सोचोस् वा ध्यान पु-याओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया