Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालबाट एक महिनामा एक सय २० कोरोना संक्रमित डिस्चार्ज

महाकाली अस्पतालबाट एक महिनामा एक सय २० कोरोना संक्रमित डिस्चार्ज


धनबहादुर जप्रेल
कञ्चनपुर, असार ३०
कञ्चनपुरमा रहेको महाकाली अस्पतालबाट ११ महिने शिशुदेखि ७१ वर्षीय वृद्धसम्मले कोरोना जितेर घर फर्केका छन् । महाकाली अस्पतालका अनुसार जेठ तेस्रो सातादेखि असार तेस्रो सातासम्म २६ महिला ९४ पुरुष गरी १ सय २० जना निको भएर घर गएका हुन् । महाकाली अस्पतालको तथ्यांकअनुसार काठमाडौंका दुई, भीमदत्त नगरपालिका २७, वेदकोट नगरपालिका ३३, शुक्लाफाँटा नगरपालिका १२, महाकाली नगरपालिका ९, पुनर्वास नगरपालिका १३, बेलौरी नगरपालिका २, चुवा नगरपालिका ११, गोदावरी नगरपालिका १, कृष्णपुर नगरपालिका ७ र लालझाडी गाउँपालिका ३ जना उपचारपछि निको भएका हुन् । अधिकांश भारतबाट फर्किएका कञ्चनपुर, कैलाली र काठमाडौंका बासिन्दालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना भएका थिए । कुनै बेला सामान्य बिरामी हुँदा पनि महाकाली अस्पतालमा रिफर हुने समस्या भए पनि अहिले कोरोना संक्रमितको उपचार गर्न सफल भएको छ ।

कञ्चनपुरमा शिशुदेखि वृद्ध, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अधिकारकर्मी, भारतबाट फर्किएका मजदुरमा कोरोना देखिएको थियो । सुरुका चरण कोरोना संक्रमितको पुनः पीसीआर परीक्षण गरेर घर पठाए पनि पछिल्ला दिनमा कोभिड १९ को केस आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाको बुँदा नम्बर २.३(क) अनुसार आइसोलेसन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र रामशाहपथको पत्राचारअनुसार एक साता होम क्वारेन्टाइनमा बस्ने गरी संक्रमितलाई डिस्चार्ज गरिएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले जनशक्ति हुँदा अहिले महाकाली अस्पतालमा जनशक्ति र स्रोत साधन भएकै कारण कोरोना संक्रमित बिरामीको उपचार भइरहेको बताए । ‘

अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मी खटिएका छन्’, ‘उनले भने, ‘कोरोनाका बिरामीका लागि अहिले छुट्टै अस्पताल पनि निर्माण गरिएको छ ।’ महाकाली अस्पतालमा उपचारका लागि आएका कसैको पनि मृत्यु नभएको बताउँदै अध्यक्ष जोशीले यो सुखद पक्षको बताए । ‘अहिलेसम्म सबै निको भएर घर फर्किएका छन्’, अध्यक्ष जोशीले भने, ‘घर गएपछि पनि हामीले उनीहरुको स्वास्थ्यबारे फलोअप गछौँ । पहिले अन्य रोगका बिरामी पनि रिफर हुन्थे ।’ अहिले कोरोनाजस्तो जटिल रोग पनि उपचारमा सफल भइरहेको उनले बताए ।

उनीहरुले अस्पतालमा नियमित चेकजाँच उपचारपछि निको भएको प्रतिक्रिया जनाएका छन् । बाँच्ने आश नभए पनि अस्पतालको उपचारपछि निको भएर घर जाँदा आफूहरु हर्षित भएको उनीहरुले बताएका छन् । चिन्ता गरिएका संक्रमित पनि निको भएर गएपछि अस्पताल कोभिड १९ नियन्त्रण एव उपचारका लागि सक्षम भएको स्थानीयको बुझाइ छ । पछिल्ला दिनमा कोरोना संक्रमित निको हुनथालेपछि स्थानीयको समेत विश्वास बढ्दै गएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x