दोलखा, असार ३१
दोलखाको उत्तरी विगु गाउँपालिका वडा नम्बर २ ओराङमा एक दम्पती सोमबारदेखि बेपत्ता भएका छन् । बेपत्ता दम्पतीलाई खोलाले बगाएको हुनसक्ने स्थानीयहरूले बताएका छन् । विगु गाउँपालिका वडा नम्बर २ ओराङ टाइवा निवासी ६५ वर्षीय रामजी विक र उनकी ६० वर्षीया श्रीमती बुद्धिमाया विक सोमबार विहानदेखि बेपत्ता रहेको गौरीशंकर गाउँपालिका ८ खारेका उनीहरूका नातेदार उद्धव विकले जानकारी दिए । सोमबार बिहान घरदेखि तल खेतमा गएका ती दम्पतीलाई बीचमा रहेको टाइवाखोलाले बगाएको हुनसक्ने आफन्तहरूले बताएका छन् ।
उनीहरू खेतको मेलामा काम गर्न गएको र हालसम्म बेपत्ता रहेको इलाका प्रहरी कार्यलय सिंगटीले जनाएको छ । घटनास्थल पुगेको असई कैलाशकुमार श्रेष्ठको टोलिले टाइवाखोलादेखि तातोपानी दोभानसम्म खोजी गरेको भए पनि फेला नपरेकोले खोजीकार्य भइरहेको इप्रकाले जनाएको छ । इप्रका सिंगटीका निरीक्षक सुनजित तामाङले बेपत्ता भएको पुष्टि भए पनि खोलाले नै बगाएको दसी प्रमाण नभेटिएको बताए । दाम्पतीको चार छोरीहरू रहेको र सबैको विवाह भइसकेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया