उपभोक्ताले मर्मत गर्न सकेनन् निवुखोला जलविद्युत्
फिदिम, असार ३१
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिब एक सय ५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् । हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा पुगेको हो । करिब १६ वर्षअघि निर्माण भएको आयोजना जीर्ण अवस्थामा पुगेपछि विद्युत् उत्पादन नियमित हुन नसक्दा उपभोक्ताहरू समस्यामा परेका छन् । उक्त आयोजना ‘आईबीपी’ नामक दातृ संस्थाको ५० प्रतिशत अनुदान सहयोगमा निर्माण भएको थियो ।
पछिल्लो पटक पहिरो तथा वर्षात्का कारण विद्युत्गृहसम्म पानी पु¥याउने पाइपलाइन क्षतिग्रस्त भई विद्युत् उत्पादनमा अवरोध आएको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद नेम्वाङले बताए । पाइपलाइन तथा विद्युत्गृहमा पहिरोले क्षति पु-याउँदा उपभोक्ताले मात्रै मर्मत गर्न नसकेको उनको भनाइ छ । ‘संरचना जीर्ण हुँदा लघु जलविद्युत् नै बन्द हुने स्थिति आएको छ’, उनले भने । उक्त आयोजनाले काममा खटाएका तीन जना कर्मचारीलाई मासिक पारिश्रमिक समेत उपलब्ध गराउन कठिन परेको जनाएको छ ।
‘प्रत्येक घरधुरीले मासिक एक सय १० रूपैयाँ महशुल संकलन गरी कर्मचारीलाई तलब दिँदै आएका थियौँ’, उनले भने, ‘अब न मर्मतमा खर्चने पैसा छ, न उपभोक्ताबाट उठाउने अवस्था नै ।’ नियमित विद्युत् उत्पादन नहुँदा उपभोक्ता समस्यामा परेका छन् । फाल्गुनन्द गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ मा आयोजना मर्मत गर्ने विषयलाई नीति तथा कार्यक्रममा राखेको जानकारी पाएको भन्दै उपभोक्ता समितिका सचिव भगीरथ नेम्वाङले सरकारी सहयोग प्राप्त नभए आयोजना बन्द हुने बताए । ‘गाउँपालिकासहित अन्य निकायसँग सहयोग मागिरहेका छौँ । सहयोग प्राप्त नभए वर्षौंदेखि उज्यालोमा बस्न पाएका हामी एक सय ५० परिवार अन्धकारमा पर्छौँ’, उनले भने ।
जलविद्युत् आयोजनाबाट उत्पादित १२ किलोवाट क्षमताको विद्युत्ले दिउँसोको समयमा यहाँ कुटानीपिसानी तथा तेल पेल्ने मिलसमेत सञ्चालन हुँदै आएको थियो । यस्तै विद्युत् उत्पादनका लागि ल्याइएको पानीको पाइपलाइनलाई सिँचाइको रूपमा समेत प्रयोग हुँदै आएको थियो । पाइपलाइनको मर्मतमा ठूलो खर्च लाग्ने र उक्त खर्च उपभोक्ता मात्रैले संकलन गर्ने अवस्था नभएपछि कतिपय उपभोक्ता निराश बनेका छन् । यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार हुन अझै केही समय लाग्ने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया