Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिरोपीडितलाई रेडक्रसको राहत

पहिरोपीडितलाई रेडक्रसको राहत


बझाङ, साउन २
गत असार १९ गते बझाङको केदास्यँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर विचल्लीमा परेका करिब २२ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटीले विविध सामग्री राहत वितरण गरेको छ । मल्लेसीको पहिरोमा परेर बेघरबार बनेका १८ परिवारलगायत प्रभावित अन्य परिवारलाई समेत गरेर २२ वटा परिवारलाई विविध सामग्रीहरू वितरण गरेको नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाका मन्त्री इश्वरनाथ जोशीले बताए ।

उनका अनुसार पहिरो परेका परिवारका लागि सोही दिन झोतासम्म पु¥याएको सामान दोस्रो दिनदेखि दिन थालिएको थियो । उक्त राहतमा त्रिपाल, कम्बल, भाँडाकुँडा (थाल, डेक्ची, डाडुपन्युलगायत अन्य) एक परिवारमा पाँच जनालाई पुग्ने गरेर कपडा, बाल्टीलगायतका सामग्रीहरू वितरण गरिएका छन् । उक्त सामग्रीहरू वडालाई हस्तान्तरण गरेर वितरण गरिएका हुन् ।

यस्तै नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाले गत असार १७ गतेपछि बझाङ जिल्लाभरि विपत्मा परेर विचल्लीमा परेका ३९ घर परिवारलाई यस्ता सामग्री राहत दिएको मन्त्री जोशीले बताए । नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाको भावनाले विपत्मा परेका मानिसको उद्धारको काम गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x