उद्योग वाणिज्य महासंघको निर्वाचन : प्रधानका लागि फलामको चिउरा
विराटनगर, साउन २
नेपाल उद्योग वाणिज्य महासंघको आगामी २५ र २६ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरेपछि अहिले प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोरमा चुनावी सरगर्मी सुरु भएको छ । प्रधानले उद्योग वाणिज्य माहासंघको भावी अध्यक्षलाई राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दा भावी अध्यक्ष हुने निश्चित भएका शेखर गोल्छाका लागि आगामी कार्यकाल फलामको चिउरा हुने तर्क सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूको छ ।
उद्योग वाणिज्य माहासंघको आगामी कार्यकालका लागि आफ्ना भावी अध्यक्ष शेखर गोल्छालाई अगाडि राखेर प्यानलसहितको उम्मेदवारी घोषणा गरेका प्रधानको विगत भने कहालिलाग्दो भएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीको भनाइ छ । २०५१ सालमा मोरङको तात्कालीन टंकीसिनवारी गाविस हाल बुढीगंगा गाउँपालिकामा विराट फर्मा ल्याव प्रालि सञ्चालन गरी उद्योग संगठन मोरङमा प्रवेश गरेका किशोर प्रधानको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा खासै प्रभाव नभएको जानकारी व्यावसायिक स्रोतले दिएको छ ।
चाकडी र चाप्लुसीमा विज्ञजस्तै नै बनेका प्रधानले आफूले सञ्चालन गरेको विराट फर्मा ल्याव प्रालिको व्यानरबाट उद्योग संगठन मोरङको महासचिवदेखि प्रथम उपाध्यक्ष हुँदै २०६१ सालमा मोरङ उद्योग संगठनको अध्यक्ष नै हातपार्न सफल भए । त्यसबेला लामो समय विराट फर्मा ल्याव प्रालि सञ्चालन गर्न नसकेपछि बैंकको ऋण बुझाउन समस्या भएसँगै ऋण चुक्ताका लागि भन्दै उद्योग नै बन्द गराएर सोही ठाउँमा केटीएम क्वालिटी गार्मेन्ट सञ्चालन गरेका थिए । तर उक्त गार्मेन्ट पनि लामो समय चल्न नसकेपछि उक्त उद्योग बिक्री गरी उद्योग सञ्चालन भएको जग्गा बिक्री गरी विराटनगर छोडेर काठमाडौँ नै बसी उद्योगी व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघमा राजनीति गर्न थाले । उनले सञ्चालन गरेको विराट फर्मा र केटीएम क्वालिटी गार्मेन्ट उद्योग रहेको बुढीगंगा गाउँपालिकाको जग्गा अहिले विराट मेडिकल कलेजले खरिद गरी मेडिकल कलेज सञ्चालन गरेको छ ।
आर्थिक वर्ष ०७६/०७७ सम्म आइपुग्दा किशोरकुमार प्रधानका नाममा रहेका दुवै उद्योग आन्तरिक राजस्व कार्यालयमा जिवितै रहेको छ । त्यसमध्ये २०५० सालमा आयकरमा दर्ता रहेको विराट फर्मा ल्याव प्रालिले २०५६ सालमा मूल्य अभिवृद्धि करको ३००९९९३९ मा दर्ता भएको देखिन आएको छ । उक्त फर्म भ्याट दर्ता भए पनि २०५७ सालदेखिको भ्याट बक्यौताबापत सात हजार अहिलेसम्म राजस्व दाखिला नगरेको दाबी समाचारस्रोतले गरेको छ । त्यसैगरी उक्त फर्मले ०७१ सालसम्म जीरो विवरण बुझाउँदै आएकोमा आर्थिक वर्ष ०६६/०६७ देखिको आय विवरण समेत आन्तरिक राजस्व कार्यालयमा दिएको छैन । उद्योग बन्द भई अवशेष समेत नभएको अवस्थामा आन्तरिक राजस्व कार्यालयको रेकर्डमा विराट फर्मा ल्याव प्रालि अहिलेसम्म पनि बन्द नभएको र फर्म चालू नै रहेको रेकर्ड कायम रहेको हो ।
प्रधानको नाममा नै दर्ता कायम रहेको केटीएम क्वालिटी गार्मेन्टको अवस्था समेत सोही प्रकृतिमा नै रहेको छ । दुवै उद्योग फेल भएर राजनीति गर्न समस्या परेपछि पछिल्लो समय हिमालय पोलका नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०५४ सालमा ३००३९३२० बाट भ्याट दर्ता कायम भएको तथ्य पनि खुल्न पुगेको छ । उक्त फर्मले पनि भ्याटबापतको ३८ हजार बक्यौता अहिलेसम्म पनि बुझाएको छैन ।
विगतको निर्वाचनमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्दा गरेर पराजित बनेका प्रधानले अहिले तिनै गोल्छासँग हातेमालो गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुका पछाडि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको दबाब रहेको व्यवसायीस्रोतको दाबी छ ।
उद्योगी जोशीले पनि अरुको इसारामा कुद्ने उम्मेदवार भेट्टाएपछि प्रधानलाई नै अगाडि सारेको उद्योगी व्यवसायीको भनाइ छ । वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारीका कारण प्रदेश १ को सुनसरी मोरङ औद्योगिक करिडोर पछिल्लो समय चुनावी सरगर्मीको रापमा परेको छ । तर प्रधानले अपेक्षा गरेअनुसारको सुनसरी मोरङ औद्योगिक करिडोरको मत उनलाई नजाने समाचारस्रोतको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया