Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्यमन्त्री राउतद्वारा वीरेन्द्र, शम्भु र राजु सदाको परिवारलाई पाँच-पाँच लाखको चेक हस्तान्तरण

मुख्यमन्त्री राउतद्वारा वीरेन्द्र, शम्भु र राजु सदाको परिवारलाई पाँच-पाँच लाखको चेक हस्तान्तरण


जनकपुरधाम, साउन २
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रवेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीद नगर नपा ९ का वीरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नपा १२ का शम्भु सदा र आइसोलेसनमा मृत्यु भएका हंसपुर नपाको राजु सदाको परिवारलाई मुख्यमन्त्री राउतले पाँच/पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राउतसहितको टोली तीनवटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रदेश सरकारले क्षमताअनुसारको सहयोग उपलब्ध गराएको बताए । साथै घटनामा दोषी देखिएकाहरुमाथि कारबाहीको लागि प्रदेश सरकार हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत जनाए । राहत वितरण कार्यक्रममा प्रदेशसभा सदस्य राम आशिष यादव, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, जनता समाजवादी पार्टीका नेता पशुपति यादव, वरुण यादवलगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x