Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३३ सय जनाको परीक्षण हुख्दा ५७ मा कोरोना

३३ सय जनाको परीक्षण हुख्दा ५७ मा कोरोना


काठमाडौं, साउन ४
भारतबाट आउनेको संख्यामा कमी भएसँगै नेपालमा केरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । शनिबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । तीन हजार तीन सय ३१ जनाको परीक्षणमा ५७ जनमा मात्र कोरोना देखिएको हो । बिहीबार एक सय ६७ र शुक्रबार एक सय एक जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।

डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८२५ छ । सङ्क्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय सङ्क्रमण रहने दुवैको जम्मा सङ्ख्या १७ हजार ५०२ पुगेको छ ।

अहिले क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ८२५ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०३ रहेको छ । डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । उनीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x